विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

  • प्रकाशित मितिः आश्विन १०, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।

प्रहरीका अनुसार दुई जनाबीच लिजको विषयलाई लिएर विवाद भइरहन्थ्यो । इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको दाबी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान जारी रहेको बताए । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved