प्रहरी प्रधान कार्यालयको सम्पर्क बाहिर ११ प्रहरी

  • प्रकाशित मितिः आश्विन १०, २०७८
  • उज्यालो प्रदेश
alt

गत साउन महिनादेखि आफूखुसी गैरहाजिर भई प्रहरी प्रधान कार्यालयको सम्पर्कमा नरहेका ११ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन नआए उनीहरुलाई सेवाबाट हटाइने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी सहित प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved