याक्थुङ लिम्बू भाषाका स्रष्टाहरू संगठित

  • प्रकाशित मितिः आश्विन १०, २०७८
  • उज्यालो प्रदेश
alt

पूर्वका विभिन्न ठाउँमा रहेका याक्थुङ लिम्बू साहित्यकर्मीहरु संगठित भएका छन् ।
लिम्बू भाषाका स्रष्टाहरूलाई संगठित गरेर सिर्जनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै भाषा, साहित्यको निरन्तर विकास गर्ने उदेश्यले लिम्बू भाषामा दख्खल राख्ने साहित्यिक स्रष्टाहरु संगठित भएका हुन् ।

स्रष्टाहरुको शनिबार मोेरंगको केराबारी १० स्थित जमुना होटलमा भएको सो भेलाबाट डिल्ली लिङ्दमको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्दिरा नेम्बाङ (पाचथर) सचिवा पुष्पहाङ् लोवा (झापा), सहसचिव( कविन तुम्बापो (चौविस धनकुटा), कोषाध्यक्ष( सविता चोङ्बाङ क्याक (सुनसरी) रहेका छन् ।

यसैगरी सदस्यहरूमा शुक्र आङ्देम्बे (पाटी मोरङ), मञ्जु थेगिम (मुगु), टेकबहादुर सङ्बाहाम्फे (जेफाले मोरङ), लाखमान चोबेगु (केराबारी) शान्ति चेम्जोङ (सिंहदेवी), रविन्द्र केदेम (भरौल), राज सानू चोबेगु (पाटी मोरङ), श्रीमान खजुम (देउराली धनकुटा), सन्देश तुम्बापो (लेटाङ मोरङ), हृदय थेगिम (बसन्तटार धनकुटा), सिक्कुम सुहाङ (केराबारी), कमल चेम्जोङ (साँगुरीगढी धनकुटा), केजी सुब्बा (धनकुटा बजार), टेकवीर युङसाहाङ् (सम्मेवा धनकुटा), राज माङलाक (पान्थर), पूर्ण खजुम (डाँडा बजार) राजभक्त चेम्जोङ (मोरङ) र टीका थोक्लेन (जोरपाटी धनकुटा) रहेका छन् ।

242818902_1455058008204186_3928704395766812471_n

साहित्यिक क्षेत्रमा कलम चलाउदै आएका लिम्बू स्रष्टाहरुलाई गोलबद्ध गरी भाषा संस्कार र संस्कृतिको जगेर्ना गर्दैै साहित्यलाई श्रम र उत्पादनसंग जोडेर लैजान आवश्यक भएकाले स्रष्टाहरुलाई संगठित गरिएको नव गठित समितिका अध्यक्ष डिल्ली लिङ्दम लिम्बूले बताए ।

केराबारी वडा नम्बर ( ७ का वडाअध्यक्ष ( नारायण प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्दिरा नेम्बाङ, शुक्र आङ्देम्बे, रविन्द्र केदेम, लाखमान चोबेगु, मञ्जु थेगिम, कविन तुम्बापो, डिल्ली लिङ्दम लगायतका स्रष्टाहरूले रचना प्रस्तुत गरेका थिए । उक्त रचना माथि पुष्पहाङ लोवाले टिप्पणी गरेका थिए । मञ्जु थेगिमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम डिल्ली लिङ्दमको अध्यक्षता तथा कविन तुम्बापोको सञ्चालन रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved