कार्यकर्ता भेटघाट र संघठन विस्तारमा सक्रिय बन्दै माअ‍ोवादी पूर्वराज्यमन्त्री आछामीले भने, व्यवस्था फेरियो अब जनताको अवस्था फेर्नुछ ।

  • प्रकाशित मितिः आश्विन १०, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी ।
देशव्यापी संगठन निर्माणमा होमिएको नेकपा माओवादी केन्द्र यतिबेला आफ्ना कार्यकर्ताको भेटघाट र संघठन निर्माणमा व्यस्त बनेको छ ।

जिल्ला प्रदेश र केन्द्रमा केन्द्रित नेताहरु नेकपा विभाजन पछि आफ्ना कार्यकर्ता खोज्दै र संगठित गर्दै गाउँगाउमा पुग्न थालेपछि कार्यकर्ताहरुमा नयाँ उत्साह थपिनुका साथै फेरी एकपटक नयाँक्रान्तिको दिशामा अघि वढ्न माओवादी नेताहरुलाई सुझाव दिएका छन् ।

लामो समय पछि कार्यकर्ता सहित पुगेका राष्टिय सभाका सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री समेत रहनुभएका गोपी आछामी शनिबार केराबारी ९ मा, प्रदेश सभाका सदस्य तथा मोरग क्षेत्र नं १ ख का सांसद कुशल लिम्बू वडा नं. ५,६ र ७ मा र प्रदेश कमिटी सदस्य अरुण सुन्दास सहितका विभिन्न नेताहरु पाटीले आयोजना गरेको ३,८ र १० को वडाभेलामा सम्बोधन गर्न पुगेका थए ।

242999225_1773087892875706_7837221921533134500_n

धेरै लामो समयपछि कार्यकर्तालाई संघठित गर्न विभिन्न जनवर्गिय तथा भातृसंगठनका नेताहरु सहित पुगेका नेताहरुलाई माओवादी समर्थक केराबारीका पुराना मतदाताहरुले समसामयिक राजनीतिक घट्नाक्रम भन्दा पनि जनताको परीवर्तन हुने खालका कार्यक्रम ल्याउँन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै राष्टिय सभा सदस्य आछामीले माओवादीले राजनीतिक व्यवस्था परिवर्तन गरेकोसंगै जनजीविकाको व्यवस्था परिवर्तन गर्न नयाँक्रान्तिको आवश्यक्ता भएको बताए । संघियता, धर्म निरेपेक्षता,समानुपाति व्यवस्था संगै माओवादीले ल्याएको एजेन्डालाई जोगाउँनु पार्टीको पहिलो कार्यभार थियो,त्यो जोगाउदै आएका छौंं । यसले मुलुकको राजनीतिक व्यवस्था फेरिएपनि आम जनजीविकासंग जोडिएको शोषित पिडित मजदुर किसान तथा श्रमजीवि वर्गलाई केन्द्रित गरी आम मानिसको अवस्था बदल्नु छ यसका लागि नया क्रान्तिको बाटोमा अघि बढ्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद कुशल लिम्बूले माओवादीेले ल्याएको एजेण्डामा देश अघि वढेको बताउदै माओवादीको राजनीतिक एजेण्डामा ह्ड्नि नसकेपछि ओलीेले दुई दुई पटक संसद विघठन गरी पार्टी विघठनको दिशामा डोर्याएको बताए । वडा भेलालाई सम्बोधन गर्दै नेकपा पार्टीका प्रदेश कमिटी सदस्य अरुण सुन्दासले केपी ओलीका स्वेच्छाचारिताका कारण कम्युनिष्ट एकता धरासायी बनेको बताए । आफू प्रधानमन्त्री हुनका लागि पार्टी एकताको नाटक गरेको र लाखांै जनताकोे भावनालाई कुठाराघात गर्दै संसद विघठन गरेको उहाको भनाई थियो ।

243019418_4360631647361020_1864686795144095137_n

केराबारीको तीनओटा भूगोलमा एकसाथ शनिबार वडा भेलाको आयोजना गरी नेकपा माओवादी केन्द्रले संघठन विस्तार गरेको छ । केराबारी ९ को वडा भेलाले थानेश्वर बरालको संयोजकत्वमा २९ सदस्यीय वडाकमिटी गठन गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहनुभएका राष्टिय सभाका सदस्य गोपी आछामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यता एकता सामुदायिक वन समुहको सभाहला वडा नं.३,८र १० को भेलाले वडा नं. ३ मा सन्तोष तामांगको संयोजकत्वा ४१ सदस्यीय ३ नं.वडाकमिटी , मिन प्रसाद आचार्यको संयोजकत्वा २९ सदस्यीय ८ नं. वडा कमिटी , चकमान लिम्बुको संयोजकत्वमा २९ सदस्यीय १० नं. वडाकमिटी विस्ता र गरेको छ । भेलालाई मेक्लाजुंग गाउँपालिका कमिटी इन्चार्ज प्रेम वहादुर लिम्बू,अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष डब्लुविक्रम खाण ठकुरीले बधाई तथा शुभकामना दिएका थिए ।

bhela (2)

शनिवारै सम्पन्न ५,६र ७ नं.वडाको भेलाले पनि नया कमिटी गठन गरेको छ ।प्रदेश सभाका सासद कुशल लिम्बूको प्रमुख आतिथ्यतामा भएको भेलाले फडिन्द्र विकको संयोजकत्वा २९ सदस्यीय ५ नं वडा कमिटी,प्रकास श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय ६ नं.वडाकमिटी र को टेकवहादुर थापाको संयोजत्वमा २९ सदस्यीय ७ नम्बर वडाकमिटी गठन गरेको छ । भेलामा अनेमसंघ जिल्ला अध्यक्ष लता न्यौपाने,प्रेस संघठन मोरंगका संयोजक अर्जुन आचार्य,वृहत राष्टिय शिक्षक अभियानका श्रीमन्त भटटराई लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved