भारतीय मिडियामा नेपालको कीर्तिमानी जितको चर्चा

  • प्रकाशित मितिः आश्विन ४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानसँगको एकदिवसीय म्याचमा नेपाल ७ विकेटले विजयी भयो ।

गएराति सम्पन्न खेलमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा अलराउन्डर करणको योगदान पनि महत्वपूर्ण रह्यो ।उनले बलिङमार्फत ८ ओभरमा एक मेडनसहित २५ रन खर्चदै महत्वपूर्ण चार विकेट लिए । करण ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए ।

त्यस्तै, सन्दीप लामिछानले ८.१ ओभरमा दुई मेडनसहित १८ रनदिएर ४ विकेट लिए । ओमानलाई १२२ रनमै समेट्नमा करण र सन्दीपको भूमिका महत्वपूर्ण रह्यो ।त्यस्तै, अनभवी अलराउन्डर शरद भेषवाकरले ६ ओभरमा एक मेडनसहित २१ रन दिएर दुई विकेट लिए ।ब्याटिङमा ज्ञानेन्द्र मल्लले ४६ बलमा दुई छक्का र चार चौकासहित अविजित ५२ रन बनाए ।

त्यस्तै, आसिफ शेखले ४४ बलमा सात चौकाको मद्दतमा ४१ रनको योगदान दिए । कुशल भुर्तेल र रोहितकुमार पौडेल ६र६ रनमा आउट हुँदा शरद भेषवाकर एक रनमा अविजित रहे ।ओमानविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानलाई हराउन सकेको थिएन ।

नेपालको ऐतिहासिक जितबारे विदेशी मिडियाले पनि समाचार लेखेका छन् । भारतको चर्चित खेल अनलाइन स्पोट्सकीडाले शीर्षमा लेखेको छ, नेपालले आईसीसी क्रिकेट वर्लड कप लिग म्याचमा ओमानलाई ७ विकेटले हरायो ।अर्को अनलाइन क्रीक्सलोडले भने नेपालले जितेको समाचार लेखेको छ । उसले ‘ओमानमाथि नेपालको कीर्तिमानी जित’ भनेर लेखेको छ ।
भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भने नेपाल र ओमानबीचको म्याचको स्कोर अपडेट गरेको छ ।

त्यस्तै, गेट इण्डिया न्युजले पनि नेपालको जितबारे समाचार लेखेको छ । उसले ‘विश्वकप लिग २ मा ओमानविरुद्ध नेपालल ७ विकेटले विजयी’ शीर्षक राखेर समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved