तस्करीको कपडा र खाद्यान्य बरामद

  • प्रकाशित मितिः आश्विन १, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । भारतदेखि तस्करी भएर आएको कपडा र खाद्यान्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । विराटनगर १६ देखि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले १ लाख २० हजार मुल्य बराबर कपडा र खाद्यान्य सामाग्री शुक्रबार बिहान बरामद गरेको हो ।

यसैगरि भारतदेखि तस्करी गरि भण्डारन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले गोदाम सञ्चालक विराटनगर–९ का ३२ वर्षीय नवीन जैनलाई तस्करीको कपडा भण्डारन गरिएको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।

जैनले विराटनगरमा गोदाम सञ्चालन गरेर अवैध सामानको भण्डारण गर्ने गरिएको खुलेको प्रहरीले जनाएको छ । अवैध रूपमा सञ्चालन गरिएका गोदाममा भारतबाट तस्करी गरेर ल्याइएका दैनिक उपभोग्य सामग्रीदेखि किराना सामानसम्म भण्डारण गरेर राख्ने गरिएको पाइएको हो ।

भन्सार छली गरेर ल्याइएका सामान राखेको सूचनाका आधारमा मोरङ प्रहरीको विशेष टोलीले विराटनगर महानगरपालिका–९ स्थित एउटा गोदाममा छापा हानेको थियो ।

गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतको जोगबनीबाट सीमा क्षेत्र हुँदै भन्सार छली गरेर चोर बाटोबाट भित्राइने सामान अवैध हिसाबले गोदाममा भण्डारण गर्ने र उपभोक्तासम्म पुर्याएर बिक्री गर्ने धन्दामा जैनको संलग्नता पुष्टि भएको श्रेष्ठले बताए ।

उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिस्री, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ । दुई लाख ६२ हजार ८० रूपैयाँ बराबरको मिस्री, एक लाख ८२ हजारको काजु, ९३ हजार ६ सयको पानीपुरी र २८ हजार एक सय १५ रूपैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानसहित जैनलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।ब्लाष्ट टाइम्सबाट

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved