प्रदेश नं १ सरकारलाई नेकपा (एकीकृत समाजवादी)को समर्थन फिर्ता

  • प्रकाशित मितिः भदौ २८, २०७८
  • उज्यालो प्रदेश
alt

रासस

प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।

सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरेकी छन् । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ ।

सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने विचार व्यक्त गरिन् । उनले एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले एकीकृत समाजवादी दल आधिकारिक नभएको बताए । उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिए ।

प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताए । उनले यस सम्बन्धमा नेपालको संविधान, प्रदेशसभा नियमावली र प्रचलित कानुनअनुसार अगाडि बढ्ने जानकारी दिए ।


यसअघि आज एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको सार्वजनिक गरिएको थियो । नेकपा ९एकीकृत समाजवादी०को प्रदेशसभामा १० जना सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved