केराबारीको खदम खोलामा पैसावालाको रजाई टिपर तथा ट्याक्टर व्यवसायी भन्छन् सानालार्ई ऐन ठुलालाई चैन छ

  • प्रकाशित मितिः भदौ २७, २०७८
  • उज्यालो प्रदेश
alt

खोला उत्खननको विषयमा बेलाबेलामा चर्चामा आइरहने मोरंगको केराबारी गाउँपालिका यतिबेला पुन चर्चामा छ । खोला जथाभावी उत्खनन गरेको विषयमा कहिले क्रसर व्यवसायीको दादागिरी त कहिले स्थानीयवासीको विरोधको आवाजले स्थानीय सरकारका प्रतिनीधिहरुलाई निकै तनाव बनाउँने गरेको छ । खोला तथा नदिजन्य पदार्थ उत्खननमा जनप्रतिनीधि नै संलग्न हुने र अवैध रुपमा हुने ढुंगागिटी चोरी नियन्त्रण गर्नुका सटा जनप्रतिनीधिहरु व्यवसायिक साझेदारका कारण चुपचाप वस्ने गरेको विभिन्न आरोप खेपिरहेका बेला यस पटक भने ट्याक्टर तथा टिपर व्यवसायीहरुले आफूहरुलाई गरिखान नदिएको भन्दै चर्को आलोचना गर्दै खोला ठेक्का लगाउन नदिने अभिव्यक्ति दिन थालेका छन् ।

बेलबारी । जनप्रतिनिधिकै मिलेमतो र प्रत्यक्ष संरक्षणमा जथाभावी भइरहेको प्राकृतिक स्रोत दोहनले मोरङको केराबारी गाउँपालिका स्थित खदम खोलामा पैसावालाको रजाई चल्ने गरेको छ ।

क्रसर व्यवसायीले पैसा र पावरको भरमा साना व्यवसायीहरुलाई खुट्टा टेक्न नदिएको र गाउँपालिकाका अध्यक्ष कर्मचारी र केही व्यवसायीहरुले पहँुचका भरमा खोला उत्खननमा मनलाग्दी रजाई गरेको स्थानीयले बताएका छन् । खदम खोलाको उत्खनन क्षेत्रमा शनिबार पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले भने यहाँ सानालाई ऐन ठूलालाई चैन भएको छ ।

 

कोरोना संक्रमणको समयमा लक डाउँन गरी जनतालाई घरमा बस्न लगाएर गाउँपालिका अध्यक्ष रोहित कार्कीले व्यवसायी भिम पौड्यालको मिलेमतोमा प्रहरीको सेटिंगमा मापदण्ड विपरीत उत्खनन गरी गिटी बालुवा झिकेको पत्रकार सम्मेलनमा जानकारी गराए । नीजि जग्गा भन्दै पौडेलले १० मिटर भन्दा वढी गहिरो खाडल बनाई लाखौं घनमिटर गिटी बालुवा झिक्दा समेत प्रहरी र जनप्रतिनीधि मुक दर्शक वन्ने गरेका छन् ।

गाउँपालिका अध्यक्ष रोहित कार्कीले खोलामा एक ट्याक्टर गिटी नभएका आफन्त र नजिकका व्यवसायीलाई हजारौं घनमिटर गिटी बालुवा उत्खननको अनुमति दिएको भन्दै त्यसवारे कर्मचारीलाई प्रश्न राख्दा आलटाल गरी फोन बन्द गरेको स्थानीययुवाले बताए ।यस विषयमा अध्यक्ष रोहित कार्कीलाई आइतबार दिउसो प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा समेत फोन सम्पर्क हुन सकेन ।

असारको तेश्रो साता केराबारीमा निशेधाज्ञा जारी रहेको समयमा कार्कीले सुन्दरहरैंचाका आश्रि इन्जिनियरिंग एण्ड बिल्डर्सलाई १३ हजार ८ सय ४ मिटर गिटीबालुवा खोलामा स्टक रहेको र सो गिटी बालुवा भाद्र मसान्त सम्म उठाई सक्न भन्दै स्टक कै नभएको कम्पनीलाई स्टक प्रमाणित पत्र दिएको कागजपत्र फेला परेको छ । यदपी आश्री कम्पनीको खदम खोलामा एक ट्याकटर पनि गिटी बालुवा नरहेको स्थानीय युवा तथा टिपर व्यवसायी भवन ठकुरीले वताएका छन् ।

stock pramanit

स्टक प्रमाणित नगरी गिटी बालुवा अन्यत्र विक्री गर्न पाइन्दैन । स्टक प्रमाणित गरेपछि नियमानुसार पालिकालाई कर वुझाउनुपर्छ । तर गाउँपालिकाले सवै व्यवसायीको कहाँ के कति मात्रामा गिटी वालुवा स्टक रहेको छ ? सो गिटी वालुवा कहाँबाट ल्याएका हुन् भन्ने कुराको गाउँपालिकाले रेकर्ड समेत राख्ने गरेको छैन ।

गाउँपालिकाले कुन क्षेत्रमा कति उत्खनन गर्ने ? उत्खनन गर्दा वस्ती वन जंगल वातावरण क्षेत्रमा के कस्तो असर पर्छ पर्दैन? सो को आवश्यक जाचवुझ गर्न बातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा उत्खननको अनुमति लिनुपर्नेे कानुनी मान्यता छ । यदपी खोला ठेक्का समेत नलगाएको बेला प्रहरीलाई डिउटी वस्न लगाएर नदि जन्य पदार्थ दोहनले केराबारीको आमजुंगी वस्ती कुनै दिन मरुभूमि बन्ने निश्चित छ ।

क्रसर व्यवसायीहरुले विहान बेलुका मजदुरी गरी परिवार पाल्ने ट्याक्टर तथा साना टिपर व्यवसायीहरुको व्यवसायलाई जोखिममा पारेका मात्र छैन हिजो केही नभएकाहरु आज करोडौंको मालिक बनेर गरिब मजदुरको पेटमा लात हान्न लागि परेका छन् । स्थानीय मानिसले बाटो खाल्डो पुर्न एक ट्याक्टर गिटी पाउदैनन । तर व्यवसायीले जतिपनि जहिले पनि निकाल्न सक्छन् । हामीलाई चोर भन्छन् तर उनीहरु आफै चोर्न सिकाउछन् भने यीनीहरु डाका हुन् पत्रकार सम्मेलनमा युवाहरुले भने । क्रसर व्यवसायीले मनपरी उत्खनन गर्दा समेत स्थानीय तह र प्रहरीले आखा चिम गरीदिदा केराबारी ८ को सिंगो अाँमजुगी बस्ती उच्च जोखिममा परेको छ ।

utkhanan kshetra

यस अघि क्रसर व्यवसायी भिम पौडेलले अनाधिकृत रुपमा उत्खनन गरेको भन्दै खदम खोलामा मापदण्ड विपरित उत्खनन रोक्नुपर्ने माग राख्दै केराबारी ८ का स्थानीय वासी आन्दोलनमा उत्रिएका थिए आन्दोलनका क्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की कार्यालयको मुल गेटमा ताल्चा लगाएर बसेको भन्दै दिनभर कार्यालय बाहिर नाराबाजी गरेका थिए त्यस पछि गाउँपालिकाको झ्यालको सिसा र शिवम क्रसर उद्योगको काउण्टर तोडफोड गरेका थिए ।

केराबारीको वडा नं.८ आमजुंगीवस्तीमा कृष्ण, महादेव, शिवम गरी तीनओटा क्रसर संञ्चालनमा छन् ।सवै क्रसरमा गाउँपालिका अध्यक्ष रोहित कार्कीको लगानी रहेको छ । यस वाहेक शिवममा वडा नं.३ का वडाध्यक्ष भक्त श्रेष्ठ वडा नं. १० का वडाध्यक्ष जंगराज भूजेल र महादेव क्रसरमा ८ नं. वडाध्यक्ष मनोज खड्का, केशव बराल लगायतका स्थानीय व्यवसायीहरुको शेयर रहेको बताइएको छ ।

जनप्रतिनिधि र प्रहरीकै संरक्षणमा यहाँका खोला र बस्ती नजिकको निजी जग्गाहरूबाट उत्खनन भइरहेको छ । नीजि वस्तीबाट उत्खनन गर्दा चाही आइइई गर्नुपर्छ कि पर्दैन नीजि जग्गा भनेर चाही जे गर्न पनि पाइन्छ ? व्यवसायी भवन ठकुरीले पत्रकार सम्मेलनमा भने । केरावारी ८ अाँमजुगी वस्ती उत्तरपश्चिम खदम खोलामा ठेकेदारले १० मिटरसम्म गहिरो खाल्डो पर्ने गरी खोलामा माछा पोखरी झै निर्माण गर्दा सम्म चु सम्म नबोल्ने जनप्रतिनीधि र आखै अगाडी अवैध उत्खनन हुदा समेत नदेख्ने प्रहरीका कारण खदम खोलाको दक्षिण भेगमा मरुभूमिको खतरा वढेको छ भने उत्तरी चुरे तथा पहाडी क्षेत्रमा पहिरो भूक्षय बढ्न गई पिउने पानीको श्रोत सुक्दै गएको मात्र छैन हजारौ विघा उर्वर जविनमा सिचाई सेवा पुर्याउदै आएको कुलो पैनीमा पानी चढाउन समस्या हुदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरंगले खोला नदी र वन क्षेत्रमा अवैध रुपमा क्रसर सञ्चालन भएको बताएपछि घरेलु कार्यालयका तत्कालीन प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो । अनुगमनका क्रममा तीनओटा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्ल्ोख भएपनि कुनै कार्वाही हुन सकेको छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved