सवारी दुर्घटना रोकथाम कसरी ? अशोक गुरुङ

  • प्रकाशित मितिः भदौ २७, २०७८
  • उज्यालो प्रदेश
alt

बेलवारी नगरपालिका पनि दुघर्टनाको जोखिम हुने स्थान मध्य एक रहेको छ । सडकहरुको निर्माण कार्य र समयमै स्तारोउन्नति नहुदाँ सवारी दुर्घटनाहरु हुने गरेको छ । सडक तथा पुलहरु जीर्ण बन्दै गएको र खाल्टा खुल्टी भएको कारण पनि सडक दुर्घटनाहरु बढ्ढै गइरहेका छन् । चालकहरुले आफनो सवारी साधनहरु चेक जाँच नगरी सवारी चलाँदा पनि दुर्घटना हुने गरेको पाइएको छ । त्यसो त महेन्द्र राजमार्ग मात्र नभएर अन्य मार्ग र सडकहरुमा जथाभावि रुपमा चौपाय, घर पालुवा जनावरहरु छाडा छोड्दा सडक दुर्घटना हुने गरेको छ । ट्रफिक प्रहरी कार्यालय बेलवारी प्रमुख प्रेम कुमार शाह का अनुसार बेलवारी लगायत अन्य सवारी चालकहरुले लापरवाहीसँग सवारी साधन चलाउनु, सडकको अवस्थाबारे जानकार नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी साधनको बारे प्राविधिक ज्ञान नहुनु , ट्राफिक चिह्नहरुको ज्ञान नहुनु र ट्राफिक नियमको कार्यान्वयन नगर्नु , कम उमेरका युवाहरुले सवारी साधन चलाउनु दुर्घटनाका मुख्य कारण हुन्् ।
प्रमुख शाहले भने २०७७ साउन देखि २०७८ भदौँ सम्मको दुर्घटनाको अवस्था हेर्ने हो भने पहिला भन्दा ५० प्रतिशत दुर्घटना न्यनिकरण भएको छ । र यस अवधिमा नेपाल सरकारलाई ३२ लाख ७० हजार ५ सय राजस्व बुझाएको उनले बताएका छन् । बेलवारी नगरपालिकामा मात्र सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु , २२ जना गम्भीर घाइते र सामान्य घाइते ५० जना रहेका छन् भने लापरवाही वा ट्राफिक नियम पालना नगरी हिन्ने ५ हजार ६ सय ५० जनालाई कारवाही गरेको बताएका छन् । शाह भन्छन् बेलवारी नगरमा रहेको सवारी चालकहरु लाई लक्षित गरी ट्राफिक नियमको पालना बारे जनचेतनाको अभियान चलाएको थियौ तर कोरोना भाइरस ( कोभिड १९) ले गर्दा अहिले सो कार्यक्रम केहि समयका लागि स्थागीत भएको छ । हाल तालिका र निर्देशन अनुसार चेक जाँच गरिरहेको छौ । स्थानीय सरकारको पनि साथ सहयोग रहेको शाह बताउँछन् । अन्तत ट्राफिक सचेतना कार्यक्रम सबै ठाउँमा लागू गराउँदै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरी जगदेखि नै ट्राफिक नियमको सन्देश प्रवाह गर्न सकिएको खण्डमा भोलिका दिनहरूमा दुर्घटना कम हुने विश्वास लिन सकिन्छ । नजिकिदै गरेको चाडपर्वहरुलाइ मध्य नजर गर्दै तयार पारीएको उज्यालो प्रदेश मिडियाको विशेष रीपोर्ट ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved