एमडिआरटी बिजेताहरुलाई नेशनल लाइफले गर्दैछ भव्य सम्मान

  • प्रकाशित मितिः भदौ २५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । जीवन बीमाका क्षेत्रमा आफूलाई अब्बल बनाउन अगाडि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडिआरटी बिजेताहरु तथा टप एजेन्सीहरु आगामी असोज १ गते पोखरामा भेला हुँदैछन् ।

कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेताहरुको लागि भव्य सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन देशैभरिका एजेन्सीहरु उत्साहित बनेका छन् ।

सन् २०२० को वर्षभरि गरेको मेहनतबाट एमडिआरटी बिजेता बनेकाहरु परिस्थिति सहज भएको भए सन् २०२१ को लागि एमडिआरटी बिजेताहरुले अन्तर्राष्ट्रिय फोरममा भाग लिएर अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिई आफूलाई थप दक्ष र समक्ष बनाएर फर्किसकेका हुने थिए । कोरोना महामारीका कारण एमडिआरटी सम्मेलनमा भाग लिन जान नपाएपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिममा सहभागी गराउन लागिएको हो ।

कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेता भएका सबैलाई र बार्षिक एक करोडभन्दा बढि व्यवसाय गरेका एजेन्सीहरुलाई सम्मान तथा तालिम प्रदान गर्न लागेको छ । पोखराको कुटी रिसोर्टमा आगामी साता अर्थात असोज १ गते चर्चित मोटिभेशनल ट्रेनर रविन कटुवालले प्रशिक्षण दिने व्यवस्था मिलाइएको जनाइएको छ । तालिमपछि एजेन्सीहरुमा बीमा तथा मार्केटिङ सम्बन्धी थप ज्ञान प्राप्त गरी दक्षतायुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved