जनार्दन शर्माले बजेटमा संशोधन गरेका महत्वपूर्ण १० बुँदा

  • प्रकाशित मितिः भदौ २५, २०७८
  • उज्यालो प्रदेश
alt

पाँच दलीय गठबन्धन सरकारका अर्थमन्त्री समेत रहेका जनार्जन शर्माले तत्कालिन केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौड्यालले ल्याएको बजेटलाई शुक्रबार प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका छन्।

सरकारको नीतिअनुरुप बजेट निर्माण हुने प्रतिक्रिया दिँदै आएका अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक नै संसदमा प्रस्तुत गरेका हुन्।

उनले संसदमा सार्वजनिक गरेको प्रतिस्थापन विधेयकले जनतालाई आकर्षित गर्ने कार्यक्रमहरु समावेश गरिएको छ। स्रोत सुनिश्चित नभएका केही आयोजनाहरु खारेज समेत गरिएको छ।

यस्ता छन्, महत्वपूर्ण संशोधन
१. ढुंगा गिट्टी निकासी गर्ने योजना यो सरकारले बजेटबाट हटाइएको छ। विष्णु पौडेलले नेपालको ढुंगा गिट्टीजन्य वस्तु निकासी गरियो कार्यक्रम ल्याएका थिए।

२. चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य शर्माले बढाएका छन्। अध्यादेशमार्फत जेठ १५ मा आएको बजेटले ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो।

प्रतिस्थापन विधेयकमार्फत शर्माले ७ प्रतिशतको लक्ष्य राखेका छन्। उनले प्रतिस्थापन विधेयकमा भनेका छन्, ‘चैतभित्र कोभिडविरुद्धको खोप सबैलाई उपलब्ध गराउने र त्यसले आर्थिक क्रियाकलाप बढ्नेछ।’

३. कोभिडका कारणले रोजगारी गुमाएका व्यक्तिलाई सरकारले १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ। जेठमा अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० हजार रुपैयाँ दिने योजना ल्याएका हुन्।

असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने तर कोभिडका कारण आयस्रोत गुमाएका र रोजगारी गुमाएकालाई १० हजार दिइने शर्माले बताए। उक्त रकम असोज मसान्तभित्र हस्तान्तरण गरिसक्ने पनि मन्त्री शर्माले जानकारी दिए।

४. सरकारले फजुल खर्च कटौती गरी ५ अर्ब कोभिड १९ को खोप खरिदका लागि उपयोग गर्ने व्यवस्था मिलाएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै विभिन्न १० प्रतिशत खर्च कटौती गरेको जानकारी दिएका हुन्।

उनले चालू खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा खर्च कटौती गरेका छन्।

५. बजेटको आकार घटेको छ। प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको बजेट अध्यादेश मार्फत ल्याएका थिए।

६. वैदेशिक सहयोगको आकार समेत घटाएका छन्। अर्थमन्त्री शर्माले वैदेशिक ऋण तथा अनुदान दुवैको आकार घटाएका हुन्। शर्माले वैदेशिक सहयोगलाई घटाएका छन्।

पौडेलले वैदेशिक अनुदान ६३ अर्ब ३७ करोड र वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब रुपैयाँ दिने लक्ष्य राखेका थिए। तर प्रतिस्थापन विधेयकमार्फत शर्माले वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य प्रस्तुत गरेका हुन्।

७. मृगौला प्रत्यारोपण गरेका सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधोपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनुका साथै आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था समावेश भएको छ।

८.प्रत्येक वाणिज्य बैंकहरुको शाखाबाट बिनाधितो सहुलियत कर्जा प्रदान गर्ने नीति समेत प्रतिस्थापन विधेयकले लिएको छ। प्रत्येक स्थानीय तहका वाणिज्य बैंकको शाखामार्फत कम्तीमा ५ सय बेरोजगार युवालाई साना उद्यम , कृषि जस्ता कार्य गर्न विना धितो सहुलियतपूर्ण कर्जा प्रदान गरिने छ।

९. यसअघिको सरकारले अघि बढाएका १४ सय सडक आयोजना खारेजीमा परेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका १४ सय सडक आयोजना मा आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौतीमा परेका हुन्।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा भनेका छन्, ‘अर्थमन्त्री शर्माले समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने छ।’

१०. वि.सं.२०८२ साल चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाटमाथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था प्रतिस्थापन विधेयकले गरेको छ।

त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लान्ट, मेसिनरी औजार एवम् त्यसको पार्टपुर्जा, पेनस्टक तथा स्टिल सिट पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्रै लाग्ने व्यवस्था मिलाएको प्रतिस्थापन विधेयकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved