प्रचण्डसँग फातिमाको भेट

  • प्रकाशित मितिः भदौ २५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।
आज(शुक्रवार) बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग करिब एक घण्टा कुराकानी गरेको छ ।
भेटवार्तामा दाहालको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभगी थिए ।
प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छिन् । प्रचण्डसँगको भेटमा फातिमाले आफूहरु दवाव दिन आएको बताएकी छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता शुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।
उनले हिजै जनता समाजवादी पार्टी नेपाल ९जसपा० अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेकी थिइन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दै छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved