बंगलादेश र नेपाल बिचको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो

  • प्रकाशित मितिः भदौ २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फूटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले २(१ पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले गोल गरेका थिए । खेलमा दुवैजनाले डेब्यु गरेका थिए ।

घरेलु मैदान र दर्शकको अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको थियो । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेकोले सबिता रानाले अग्रपंतिमा पहिलो रोजाइमा खेलेकी थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेलेकी थिइन् ।

खेलको १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएको क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गोल गरिन् ।

२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved