११ लाख नगदसहित भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः भदौ २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत परिचम घर बताउने १९ वर्षीय शोविक आदक रहेको प्रहरीले जनाएको छ ।
आदकबाट ११ दाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट म्रगलवार राति पक्राउ गरेको हो ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved