संसद अवरुद्ध पछि माधवले भने, एमालेलाई लाज लाग्नु पर्ने हो , झाक्रीेले भनिन् औकात अनुसारको काम गर्यो

  • प्रकाशित मितिः भदौ २३, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।

बुधबार सुरु भएको संसदमा एमालेका सांसदहरुले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो कुरा हो,’ नेपालले संसद भवन नयाँबानेश्वर परिसरमा पत्रकारहरुसँग भने ।

एमालेले माधव नेपाल सहित एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न गएका १४ जना सांसदलाई पार्टी दर्ता नहुँदै कारबाही गरेको थियो । तर, उक्त कारबाहीलाई सभामुखले रोकेर राखेको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ती १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ ।

बुधबार एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्ने नारा नै लगाएको थियो । यसबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘हामी निर्वाचित भएका सांसद हौं र, संविधान र कानून वमोजिम वैधानिक छौं ।’
संसद अवरुद्ध बनेपछि पत्रकारहरु संग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार देखाएको बताइन् ।

एमालेले बुधबार संसदमा देखाएको व्यवहार स्तरहीन भएको टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनको लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र, यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रका माथि खासै प्रतिक्रिया दिन मन छैन ।’

दुईतिहाइ बहुमतको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याएको उल्लेख गर्दै उनले भनिन्, ‘‘ उहाँहरुले आक्रोश पीडा, रिस, राग, बदला अझै केही दिन लिने नै हो । गैरराजनीतिक चरित्र प्रदर्शनले उहाँहरु नै नाङ्गिनुभएको छ ।

‘खड्गप्रसाद ओलीको चाहनाले सबै कुरा हुँदैन । सदन चल्छ, सरकारले बिजनेस दिन्छ । ओलीको चाहनाले हुन्थ्यो भने त हामीलाई उभिन पनि किन दिएको भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved