बागमतीमा ३२८ जनप्रतिनिधि र १३ प्रदेशसभा सदस्यले एमाले छाडी, रोजे नेकपा समाजवादी

  • प्रकाशित मितिः भदौ २२, २०७८
  • उज्यालो प्रदेश
alt

मकवानपुर । नेकपा एमालेबाट छुटिएर नेकपा समाजवादी पार्टी दर्ता गरेको माधव कुमार नेपालले दर्ता गरेको नेकपा समाजवादी पार्टीमा बागमती प्रदेशसभामा १३ जनाले सनाखत गराएका छन् ।

निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समय सकिनु अघिसम्म १३ प्रदेशसभा सदस्यले नेकपा एमाले छाडेर नयाँ दलका पक्षमा सनाखत गराएका हुन् ।नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएपछि निर्वाचन आयोगले गत भदौ १५ गतेदेखि २२ गतेसम्म स्थनीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएकाछन्।

त्यसतै बागमती प्रदेशको १३ जिल्लाका स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिजयी वनेका मध्ये ३२८ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेर सनाखत गरेका छन् ।प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु गरी ३२८ जनाले नेकपा एमाले त्यागेर नेकपा समाजवादीमा सनाखत गरेका हुन् ।

निर्धारित समयभित्र चितवनको भरतपुर महानगरपालिका १२ जना र रत्ननगर नगरपालिकाका १४ जनासहित ३६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।मकवानपुरका १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

त्यस्तै धादिङका विभिन्न स्थानीय तहका १७ जना वडा अध्यक्ष, ६७ जना वडा सदस्य र कार्यपालिका सदस्यसमेतले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।यस्तै काठमाडौंबाट स्थानीय तहका ५५ जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । भक्तपुरबाट भने चाँगुनारायण नगरपालिकाका–२ का वडा सदस्य मोहनकुमार पौडेललेमात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । ललितपुरबाट भने २८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved