पथरी र बेलबारीका मेयर सहित केराबारीकी उपाध्यक्ष एमालेमै फर्किए

  • प्रकाशित मितिः भदौ २२, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई बुधबारसम्म दल रोज्न समय दिइएको थियो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् । बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा(५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन् ।

नेकपा एमाले मोरङका प्रवक्ता ओसिम आलमका अुसार मोरङबाट ४ जना वडा सदस्यहरुले नयाँ दल रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार १० जना प्रदेश सांसदले पनि विराटनगरबाटै नयाँ पार्टी रोजेका छन् ।

नेकपा एमालेमा रहदा माधवकुमार नेपालको पक्षमा रहेका मोरङका दुई नगरपालिकाका मेयर एमालेमै बसेका छन् । पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् ।

माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छन् ।बुधबारसम्म उनीहरु एकीकृत समाजवादी दल रोज्न निर्वाचन कार्यालय नपुगेका एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved