बेलवारी बोयर बाख्रा समितिद्धारा कार्यक्रम बहिष्कार

  • प्रकाशित मितिः भदौ २१, २०७८
  • उज्यालो प्रदेश
alt

बेलवारी । बेलवारी बोयर बाख्रा छानविन समितिले बुझाएको प्रतिवेदनबाट निष्कर्ष र सुझाव बेलवारी नगरपालिकाले सार्वजानिक गरेको छ । बेलवारी नगरपालिकाले आज(सोमवार) पत्रकार सम्मेलन गरी समितिले बुझाएको प्रतिवेदनबाट निष्कर्ष तथा सुझावहरु नगर कार्यपालिकाको ७६ औँ बैठकबाट अनुमोदन गरी सार्वजानिक गरेको हो । तर छानविन समितीले बुझाएको प्रतिवेदनलाई तोडमोड गरी सार्वजनीक गरीएको प्रति भने छानविन समितीका सदस्यहरुले विमती जनाएका छन् । बेलवारी नगरपालिकाले सार्वजनीक गरेको प्रतिवेदनमा समितीद्धारा लेखिएको निष्कर्ष र सुझाव नआएकोले समितिका सदस्यहरु राजेन्द्र अधिकारी, किशोर भण्डारी र केशव थापा मगर कार्यक्रमबाटै बाहिरिएका थिए । उनीहरुले छानविन समितिले बुझाएको पुणर् प्रतिवेदन बाचन हुनुपर्ने माग राख्दै आएका छन् । बेलवारीनगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुली ,प्रशासकीय अधिकृत प्रदिप शाह , कर्मचारीहरुको कार्यसम्पादन क्षमता ठीक नभएको प्रतिवेदनमा उल्लेख रहेको सदस्यहरुले बताएका छन् । बैठकमा काग्रेसको सहभागिता रहेको थिएन् भने नेकपा माओवादी केन्दका पर्शुराम सुवेदी र जसपाको तर्फबाट तिलक राईको सहभगीता रहेको थियो । माओवादी केन्द्र र जसपाले बोेयर बाख्रा छानविन समितिको पुणर् प्रतिवेदन सर्वजानिक गर्ने पर्ने र बैठकमा काग्रेसको सहभगीता नभएको बारे प्रश्न गरेका थिए । यसअघि आईतबार मेयर ज्ञानेन्द्र सुवेदि बैठक बोलाएर अन्तिम समयमा बैठक स्थगित गरेपछि आलोचित बनिरहेका छन् ।प्रतिवेदन तल राखिएको छ ।No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved