वीरगन्ज भन्सारबाट मोबाइल आयातमा बृद्धि

  • प्रकाशित मितिः भदौ २०, २०७८
  • उज्यालो प्रदेश
alt

प्रविधिको प्रयोग र पारखीको आकर्षण चुलिएसँगै विदेशबाट​ हुने मोबाइलको आयात ह्वात्तै बढेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज हुँदै चालु आवको साउनमा मोबाइल आयात बढेको हो। आयातित मोबाइल सबै टचस्क्रिन तथा बढी मूल्यका रहेका छन्।

गत आव ०७७।०७८ साउनमा यो नाकाबाट जम्मा ५ हजार ४ सय २० मोबाइल आयात भएको थियो। तर चालु आव ०७८र७९ को साउनमा १ लाख ११ हजार ३ सय ८० मोबाइल नेपाल भित्रिएका छन्। खुल्ला सीमाको कारण अवैधानिक तवरबाट भित्रिने मोबाइलको संख्या यसमा समावेश छैन।

प्रतिशतका आधारमा भन्ने हो गत वर्ष साउनभन्दा चालु वर्ष साउनमा २ हजार ५४ दशमलव ९८ प्रतिशत बढी मोबाइल वीरगन्ज नाकाबाट भित्रिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। चालु आवको साउनमा मात्र गत वर्ष साउनभन्दा १ लाख ५ हजार ९ सय ६० वटा मोबाइल बढी आयात देखिएको हो।

तुलनात्मक रूपमा यत्रो फरक देखिनु चालु आव अघिल्लो आवभन्दा व्यापार राम्रो भएर हुन सक्ने वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। ‘अघिल्लो आर्थिक वर्ष साउनमा कोरोनाको कारण नर्मल ट्रेड थिएन,’ उनले भने।

कोरोना निमिट्यान्न नभए पनि चालु आव अवस्था अलि सहज भएको र यस्तै अवस्थामा कारोबार गर्नुपर्ने आयातकर्ताको आकलनले पनि मोबाइल आयात बढेको हुनसक्ने उनको तर्क छ। यसबाहेक हवाईजहाजबाट आउने सामान स्थलमार्ग भएर आयात भएको हुन सक्छ । त्यसैगरी अनलाइन कक्षा सञ्चालन हुँदा बालबच्चाका लागि पनि मोबाइल खरिद गर्नैपर्ने बाध्यताले पनि आयात बढेको हुन सक्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए।

मोबाइल आयातबाट चालु आवको एक महिनामा मुलुकबाट १ अर्ब ४४ करोड ७४ लाख ८५ रूपैयाँ बाहिरिएको छ। गत वर्ष भने मोबाइल आयात गर्दा साउन महिनामा १२ करोड ९० लाख ५४ हजार रूपैयाँ बाहिरिएको थियो।

वीरगन्ज भन्सारको साउन महिनाको कुल राजश्वमा पनि मोबाइल आयातले मात्र १ दशमलव ५४ पतिशत थपेको छ। यो कुल लक्ष्यमा २२ करोड ९० लाख ७४ हजार राजश्व मोबाइल आयातबाट मात्र संकलन भएको छ। गत वर्ष मोबाइल आयातबाट वीरगन्ज भन्सारको साउनको कुल लक्ष्यमा २ करोड ४ लाख २५ हजार मात्र राजश्वमा योगदान रहेको थियो।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved