दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

  • प्रकाशित मितिः भदौ २०, २०७८
  • उज्यालो प्रदेश
alt

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो ।

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् ।

जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved