शोकमा डुवेका दलित परिवारलाई ब्राम्हण पुरेतले लगाए गुन, छोरीले गरे काजकिरिया, शुद्धाई कर्ममा चलाए सहभोज

  • प्रकाशित मितिः भदौ २०, २०७८
  • उज्यालो प्रदेश
alt

टोलका अगुवा दलित अधिकार कर्मीको मृत्युले मोरंग केराबारी १० को थापाटार यतिबेला शोक मग्न छ । दलित जनजातिको बाहुल्यता रहेको सो वस्तीका अगुवा व्यक्ति चुरानसिंह विकको निधन भएपछि त्रिवेणी टोलका अधिकास दलित तथा गैर दलितहरु रानो बीनाको मौरी झै बनेका छन् ।

आफ्नो गाउँटोलमा होस समाजको विकास निर्माणमा लामो समय देखि काम गर्दै आउनुभएका केराबारीका विकासप्रेमी एक सामाजिक अभियन्ता विकको कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा गत भाद्र ६ गते निधन भएको थियो । विक को निधनले सिंगो गाउँ नै शोकाकुल बनेको बेला एक ब्राम्हणले भने शोकाकूल बनेको वस्तीमा छुवाछुत विरुद्धकोे अभियान सूरु गरी सिंगो दलित परिवारलाई गुन लगाएका मात्र छैनन् जातिय विभेद तथा छुवाछुत विरुद्धको अभियानमा उनको यो अभियानले समाज परिवर्तनमा ठूलो सहयोग पुर्याएको छ ।

किशन शाही
मोरंग केराबारी । जातिय विभेद अन्त्यका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी नवनिरहेको बेला मोरंग केराबारीका एक ब्राम्हण पुरेतले दलितका घरमा काजकिरिया गरिदिएर छुवाछुत प्रथा विरुद्धकोे अभियान सूरु गरेका छन् ।

भाद्र ६ गतेका दिन केराबारीका समाजसेवी विकासप्रेमी दलित अधिकारकर्मी समेत रहेका चुरानसिंह विकको निधन पछि स्थानीय एक ब्राम्हणले दशौं दिन यता नियमित गरुढ सुनाउँने देखि काजकिरियाका सम्पुर्ण कामहरु गरिदिएर सिंगो दलित परिवारलाई गुन लगाएका हुन् । उनको यो कार्यले जातिय विभेद तथा छुवाछुत विरुद्धको अभियानमा र समाज परिवर्तनमा ठूलो सहयोग पुर्याएको छ ।

जातिय पहिचान जोगाउँन होस या सामजिक विभेदका कारण नेपाली समाजमा जातिय परम्परा अनुसार आआफना जातिका पुरोहित लगाउँने प्रचलन कायमै छ । अझ दलित जातिको घरमा हुने विवाह पास्नी तथा मरिमराउ जस्ता कार्यमा ब्राम्हण तथा अन्य जातिका पुरोहितले काम नगरी दिदा दलितहरुमा ठूलो अन्याय भएको महशुस दलित समुदायले गरिरहेका छन् । यस्तो बेलामा केराबारी ८ का भवानी प्रसाद आचार्य ब्राम्हण पुरेतले भने छुवाछुत अन्त्यका लागि आफूले चूनौति मोलेर काम गरेका छन् । उनको यो कदमले दलितको घरमा काज किरिया गर्दा ब्राम्हणको जात जान्छ, अछुतो भइन्छ ब्राम्हणबादी सोच र चिन्तनलाई एउटा गतिलो पाठ सिकाएको छ ।

bhawani ghimre 1
१२ दिन सम्म काजकिरिया गरीसकेपछि टिका लगाएर विदा गर्दै कोरामा वसेकी मृतककी छोरी नविना

तपाईमा सोच कसरी आयो भन्ने प्रश्नमा उनले भने राजा महेन्द्रको पाला देखि नै जातिय छुवाछुत अन्त्य भइसकेको यो समाजमा अझै पनि उच्च र तल्लो जातको नाममा सामाजिक विभेद हुनु दलित माथीको ठूलो अपमान हो त्यसैले यस्ता कुरालाई खासै महत्व दिनु हुदैन उनले आफ्नो प्रतिक्रिया दिए ।

दर्जनौं सामाजिक संघसंस्थाको सफल नेतृत्व गर्दै विगत २०५२ सालदेखि अनवरत सामाजिक क्षेत्रमा क्रियाशिल रहेका दलित अधिकारकर्मी चुरानसिंक विंकको निधन पछि परिवार, समाज शोकमा डुबे । दाजुभाई र आफन्तहरुले काज कीरिया कसरी गर्ने दलित ब्राम्हण कहाँ खोज्ने समस्या भइरहेको थियो । तर केराबारी ८ ब्राम्हण भवानी प्रसाद आचार्यले स्वविवेक आफैले काजकिरिया गरिदिने बताए पछि परिवारमा ठूलो खुशी छायो ।

churan sing bk

दलितका घरमा पूजाआजा गर्न,विवाह पास्नी तथा काजकिरियामा दलित पुरोहित नै लगाउँने गरेता पनि पुरोहित आचार्यको यो कदमले भने नेपाली समाज रुपान्तर र विकासमा ठूलो टेवा पुग्ने केयु एकेडेमीका कोअर्डिनेटर भरत रोक्काले बताउँनुभयो ।

त्यसो त सवाल ब्राम्हणको मात्र होइन बाबको मृत्युपछि काजकिरिया छोराले नै गर्नुपर्छ भन्ने मान्यतालाई पनि चिर्दै जेठी छोरी नविनाले १३ दिन सम्म कोरामा वसेर शुद्ध सेतो वस्त्र पहिरिएर काज किरिया गरेकी छिन् । निधन भएका विकको ३ छोरी र एक श्रीमति रहेका छन् ।

बुबाको मृत्यु पछि शोकमा रहेका परिवारमा बाबुको काजिकिरिया कसले गर्ने भन्ने अन्योलता थियो । बाबु आमा छदै अन्य दाजुभाइले पनि काजकिरिया गर्नु हुदैन भन्ने निधो भएपछि जेठि छोरी नविनाले कोरोमा आफ्नो बुबाको काजकिरिया गरेकी छन् । अहिले धेरै ठाउमा छोरीले काजकिरिया गर्ने प्रचलन वढेपनि यस क्षेत्रका दलित वस्तीका लागि नयाँ र पहिलो कदमका रुपमा लिइएको मृतकका भाई मनवहादुर वराइलीले बताए ।

१२ औं तिथीका दिन अन्तिम शुद्धाई कार्य चलिरहेको थियो । शोकाकूल परिवारमा निकै चहल पहल चलिरहेको थियो । जुठोमा रहेका आफन्तहरु मात्र होइन अन्य विभिन्न जातिका मानिसहरु घरगाउले निम्तालुहरु पनि खुलेआम सहभोजमा सहभागि भएका थिए ।

केराबारीको दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध रहदै केराबारीको विकासमा महत्वपुर्ण योगदान पुर्याउदै आएका केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष, लक्षित समृद्धि बहुदेशिय सहकारी संस्था, दलित हकहित समन्वय समितिका अध्यक्ष समेत रहुनभएका बराइलीको मृत्युपछि केराबारीले विकास प्रेमी सामजिक अभियन्ता गुमाउन पुगेको र दर्जनौंं संघसंस्थाहरुले ल्याएका समवेदनाका कोसेलीहरुले शोकसन्तप्त परिवारलाई सहानुभूति दिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved