फेरि उर्लियो केराबारीमा खोला उत्खनन विरुद्ध युवाहरुको आवाज केराबारीको मच्छिन्द्र चोकमा आधाघण्टा क्रसर व्यवसायीको गरे विरोध

  • प्रकाशित मितिः भदौ १९, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । पैसा र पावरको भरमा क्रसर व्यवसायीहरुले केराबारीको खदमा खोलामा बलमिचाई मापदण्ड विपरित खोला उत्खनन गरेको भन्दै स्थानीय युवाहरुको समुहले सार्वजनिक रुपमा चर्को आलोचना गरेका छन् ।

केराबारीको मच्छिन्द्र चोकमा शनिबार साझ ७ वजे दर्जनौंको संख्यामा भेला भएका युवाहरुले क्रसर व्यवसायीलाई हाती र ट्याक्टर व्यवसायीहरुलाई माछाको संज्ञा दिदै खोला उत्खननमा क्रसर व्यवसायीहरुले रजाई गरेको आरोप लगाउदै उनीहरुको चर्को विरोध गरेका छन् ।

कम्प्युटर माइक्रोफोन र साउण्ड सिस्टम सहित भेला भएका युवाहरुले सार्वजनिक स्थलमा माइकिंग गरी व्यवसायीहरुको चर्को विरोध भइरहदा स्थानीय अन्य व्यवसायी समेत रमिते बनेर हेरिरहेका थिए । खोला उत्खननको दृश्य र त्यसमा संलग्न मतियारहरुको दृश्यचित्र सार्वजनिक गर्ने बताए पनि खोला उत्खननका दृश्य खिचेर ल्याएको सामग्री भने युवाहरुले प्राविधिक कमजोरी भन्दै पुन अर्को दिन सार्वजनिक गर्ने गरी माइकबाट विरोध गरेका थिए । स्थानीय ट्याक्टर व्यवसायी समेत रहेका भवन ठकुरीले माइकिंग गरी जनतालाई सचेत गराउन र खोलामा के भइरहेको छ कहिले काही हेर्न जान सूचना गरेको र यसलाई टेलरको रुपमा प्रस्तुत गरेको बताए ।

खोला ठेक्का लगाएर आएको पैसाले केही व्यक्तिलाई फाइदा भएपनि साना माछाले सधै पेलान खानुपरेको समेत औल्याए । आफूहरुले सधै सहेर बसे पनि व्यवसायीहरुले पैसा पावर शक्तिको भरमा खोलामा दाई गरेको भन्दै ठकुरीले भने युवाहरुले विगतको दिनलाई नभूलुन र नर्विसिउन

विगतमा के खान्थ्यौं कस्तो लाउथ्यौं दुइ ओटा खुटामा दुइ खाले चप्पल लगाएर हिडेको बिस्र्यौ भन्दै पैसालाई मात्र महत्व नदिन आग्रह गरेको भिडियो समेत सामाजिक संञ्जालमा लगाएका छन् । म ठाउमा छु मेरो वरीपरी शक्ति छ भनेर घमण्ड नगर्नुहोस खोलालाई बन्धक राखेर तपाईहरुले गर्नुभएको राजनीति अव भण्डाफोर गर्ने भन्दै युवाहरुले हामीलाई कसैको डर छैन छ त जनताको डर छ भन्दै जनताको आवाजलाई बुलन्द गर्न नेताहरुको पोल खोल्नेदेखि भइरहेका कर्तुतहरु सार्वजनिक गर्न सुरु गरिएको बताए । हिजो १ ट्याक्टर गिटी खोलामा नहुने व्यक्तिको आज १३ हजार घनमिटर गिटी स्टक रहेको भन्दै त्यो कहाबाट आयो कसरी आयो सवैकुरा जनताले वुझ्न पाउने अधिकार छ कि छैन भन्दै व्यवसायीहरुलाई प्रश्न गरेका छन् ।

क्रसर व्यवसायीहरुले ट्याक्टर र टिपर व्यवसायीहरुलाई व्यवसायमा अंकुश लगाएको र मजदुरी गर्नेहरुले सधै जीउ जीउ गर्नु पर्ने अवस्था निम्त्याएको भन्दै पैसाको पछि मात्र नलाग्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved