मोरङबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

  • प्रकाशित मितिः भदौ १७, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । मोरङबाट प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
उनीहरुको घर कोठाबाट ट्रामाडोल१५८ क्याप्सुल, स्पेनिस१४ ट्याब्लेट नामक प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौक इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाइट्रोभेट६६० र कोरेक्स–डिएक्स १ बोतल लागूऔषधसहित पक्राउ गरेको छ ।
सोही स्थानमा बुधबार राति सवा १० बजे सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधि स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ वर्षीय समीर मगर, झापा दमक–१४ का २९ वर्षीय अब्दुल आमिर खान र उर्लाबारी–५ का २४ वर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved