काबुल विष्फोटः मृतकको संख्या १०३ पुग्यो, २८ जना तालिबानी

  • प्रकाशित मितिः भदौ ११, २०७८
  • उज्यालो प्रदेश
alt

काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएका बम विष्फोटमा परी मृत्यु भएकाको संख्या १०३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमलामा ९० जना अफगानी नागरिक र १३ जना अमेरिकी सेनाको मृत्यु पुष्टि भएको हो । घटनामा १,३३८ जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार मृत्यु भएका ९० जना अफगानमा २८ जना तालिबानी छन्, जो विमानस्थल बाहिर तैनाथ थिए । मृतकको संख्या बढ्ने क्रम जारी छ । बिहीबार साँझ विमानस्थल नजिकै दुई स्थानमा लगातार बम विष्फोट गराइएका हुन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बम हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसको खुरासन ग्रुपले लिएको छ ।

यही अगस्ट १५ का दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि असुरक्षा महसुस गरी ठूलो संख्यामा त्यहींका तथा अन्य मुलुकका नागरिक त्यहाँबाट बाहिरिइरहेका छन् । यसैकारण काबुलको विमानस्थलमा दैनिक विमान चढ्नेहरूको भीड लागिरहेको छ । यही क्रममा त्यहाँ बम आक्रमण गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved