काबुलमा विष्फोट १३ जना अमेरिकी सेनाको मृत्यु

  • प्रकाशित मितिः भदौ ११, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल सिथत अन्तराष्ट्रिय विमानस्थलमा विष्फोट हुर्दाँ कम्तिमा १३ जना अमेरिकी सेनाले ज्यान गुमाएको छ । भने अन्य दर्जनौँ घाइते भएको छ । विष्फोटबाट ६० अफगानको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । अगष्ट २०११ पछि अफगानिस्तानमा अमेरिकी सेना मारिएको यो दोस्रो सबैभन्दा ठूलो घटना हो । अमेरिकी हेलिकप्टर सन् २०११ मा लडाइदा कम्तिमा ३० जना सेनाको मृत्यु भएको थियो ।
घटनाका बावजूद अमेरिकी सेन्ट्रल कमाण्डका केन्नेथ म्याकैन्जीले अफगानिस्तान मिसन जारी रहने र कागजात तयार रहेको अफगानसँगै अमेरिकी कुटनीतिज्ञ बर्हिगमन प्रकृयाले निरन्तरता पाउने बताउनुभएको छ । काबुल विमानस्थलमा हाल पाँच हजार ८०० अमेरिकी सेना परिचालन गरिएको छ ।
म्याकैन्जीका अनुसार विमानस्थलको अबै प्रवेशद्वारमा सेनाले अफगान नागरिकको सुरक्षा जाँच गरिरहँदा आत्मघाती विष्फोट भएको हो । दोस्रो विष्फोट बेलायती नागरिक बसेको बेरोन होटेल अगाडि भएको हो ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved