सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गलाई निःशुल्क विद्युत दिने घोषण

  • प्रकाशित मितिः श्रावण २८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । सिंहदरबारमा पत्रकार सम्ेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्द गराउने घोषण गरेकी छन् ।

मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताएकी छन् ।
मन्त्री भुसालले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको बताइन् । प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने उनले जानकारी दिइन् ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने उनले बताइन् । त्यस्तै उनले निर्माणाधीन प्रसारणलाइनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्ने र अनुगमनको कामलाई तीव्रता दिने जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved