कविता आकाशको फल

  • प्रकाशित मितिः श्रावण २७, २०७८
  • उज्यालो प्रदेश
alt

मायाँले सुमसुमाउँदै उनलाई सोधेँ मैले,
नानु ! तिमीलेअनलाईन कक्षा लिदै छ्यौ ?
बोल्न गारो मान्दै भनी, "एउटै शब्द छैन म्याम"
उनको अनगिन्ति अभावको अनुभूत गरेँ मैले।
किन नानु ?

हामी कहाँ नेट, मोबाइल र कम्प्युटर छैन,
त्यसैले यि सबै कुरा आकाशको तारा झैं भाछ।
जीवनमा कहिल्यै यो दिन नआवस लाग्छ।
अभावमा पिल्सिएका बालापनबाट,
आँशु,गरिबी र भोकले रुझेका मनबाट,
के मागौँ ,के आशा गरौँ हामी उनीहरूबाट,
जुन अभाव पुरा गर्ने सामर्थ्य छैन अब म बाट।
मलिन नानीको अनुहार हेर्दै भनेँ


"अनलाइनमा पढे भन्दा धेरै कुरा तिमीभित्र छन्
किताबको भन्दा धेरै कुरा तिमीभित्र छन्
देशको भावी लेख्ने जिम्मा पनि तिमामा छ" ।
मैले पनि उनको मनोभाव पढ्दै थिएँ ,
उनकै जीवन शैलीलाई किताब मानेकी थिएँ,
उनी ज्वालाबाट निस्किएको धातु बन्नेछिन्,

stds 1

समुद्रको गहिराइबाट झिकेको मोती बन्नेछिन।
हजार अभावले उनलाई जिउँन सिकाएको छ,
बगीरहने पसिनालाई सोध उनी कति नुहाएकी छ,
उनले जीवनको कथा आँशुमा चोबेर लेखेकी छ,
उनले जीवनलाई नजिकैबाट राम्ररी बुझेकी छ।
परीक्षामा पास मात्र होइन उत्कृष्ट बन्नुछ,
जीवनलाई राम्ररी बुझेर अघि बढ्नु ,
यिनै पिडाबोधहरु उनको नजरमा थिए,
सान्त्वना र सहनुभूतिको शुभकामना दिएँ।।

छत्रकुमारी याखा इटहरी ,कविर माध्यमिक विद्यालय

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved