चराहरू कविता

  • प्रकाशित मितिः श्रावण २६, २०७८
  • उज्यालो प्रदेश
alt

बिचरा मान्छेहरू जस्तै रुन सक्दैनन र पो,
मान्छेले झैँ बदलाको भावना लिन सक्दैनन र पो,
यदि चराहरू धरधरी रुन सक्ने भए,
मान्छेहरूमा झैँ बदलाका भावनाहरू जागृत हुने भए,
गुँड भत्किएको झोँकमा,
चारा खोसिएको पीडामा,
फूल चोरिएको सन्तापमा,
अनि सन्तान मारिएको शोकमा,
धरधरी रुने थिए होलान,
बदलामा भयङ्कर रगतको होली खेल्ने थिए होलान।
तर धन्य हे प्रकृति,
तिम्रो विधान साँच्चै अचम्मको छ ?
दुख्न नसिकाएर,
पीडा,सन्ताप र शोकलाईँ जित्न सिकाएर,
दुरुस्त आफैँजस्तो बनायौँ,
साँच्चै मान्छेभन्दा अब्बल तुल्यायौँ।

नविन थापा क्षत्री (लेखक ) साहित्यीक क्षेत्रमा कलम चलाउदै आएका साहित्यकार हुन् ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved