धरानमा बसको ठक्करबाट एक महिलाको मृत्यु

  • प्रकाशित मितिः श्रावण २०, २०७८
  • उज्यालो प्रदेश
alt

धरान । सुनसरी धरान स्थित तिनकुने जंगलमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्र्षीय मिरा देवी शाह रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउदैँ गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिर्दा विपरित दिशाबाट जादै गरेको प्रदेश–१–०२–०४०प ६४०५ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएका थिए ।

मोटरसाईकल चालक २५ बर्षीय बिमल शाह र उनकी आमा घाईते भई धरान वि पि प्रतिष्ठनमा उपचारको क्रममा शाहको ११ बजे मृत्यु भएको छ भने छोरा बिमलको उपचार भई रहेको प्रहरीले जनाएको छ । बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्कालाई प्रहरीदे नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ । प्रहरीले तीनवाटै सावारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved