एसियन कप फुटबल छनोटको समूह ‘बी’मा नेपाल

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । एएफसी २३ वर्षमुनिको एसियन कप छनोट २०२२ को छनोट चरणमा नेपाल समूह ‘बी’मा परेको छ।

एएफसीले आज शुक्रबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ताजकिस्तान, लेबनान र इरान रहेको समूह ‘बी’मा परेको हो।छनोट खेलमा सहभागी हुने ४२ देशलाई पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ र ४ टोली सहभागी गराएर ११ समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहको शीर्ष टोलीले सिधै प्रतियोगितामा स्थान बनाउने छन्।
यस्तै दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोली पनि प्रतियोगिताका लागि छनोट हुनेछन्। छनोट चरणका खेलहरू २३ अक्टोबरदेखि ३१ सम्म हुनेछ।

प्रतियोगिता आयोजक भएको हैसियतमा उज्वेकिस्तान यसअघि नै छनोट भइसकेको छ। नेपालले अहिलेसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्नसकेको छैन। प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved