सामसङ ग्यालेक्सी ए२२ नेपाली बजारमा सार्वजनिक

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

सामसङले ‘ए’ सिरिज अन्तर्गत ‘ग्यालेक्सी ए२२’ बजारमा प्रस्तुत गरेको छ। नवीनतम प्रविधि एवं विशेषताहरुको उपयोगका लागि ए सिरिज अन्तर्गत नवीनतम प्रविधियिुक्त स्मार्ट फोन बजारमा ल्याएको कम्पनीले जनाएको छ।

फोनमा नवीनतम प्रविधिको साथ ‘अल्ट्रा हाइ–रेस ४८एमपी क्वाड’ क्यामरा, रियल स्मुथ ‘९० एचजेड रिफ्रेस रेट साथ ६।४इन्च इन्फिनिटी–यू डिढस्प्ले तथा अन्य थुप्रै नवीनतम विशेषताहरु रहेका कम्पनीको दाबी छ।

‘सम्पूर्ण प्रयोगकर्ताहरु समक्ष नवीनतम प्रविधि एवं विशेषताहरुको उपयोगका लागि निरन्तर लागि परेका छौं, यसै सिलसिलामा ए सिरिज अन्तर्गत अर्को नवीनतम प्रवियिुक्त स्मार्ट फोन बजारमा प्रस्तुत गरेका छौं। जसमा यस सेगमेन्टमा भएका उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा प्रदान गरिएको छ’ सामसङ मोबाइल नेपालका

उत्कृष्ट क्यामरा
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी ए २२ मा अल्ट्रा हाइ रेस ४८ एमपी क्वाड क्यामेर राखिएको छ। जसले गर्दा फोटोग्राफिलाई माथिल्लो तहसम्म पु(याउन मद्दत गर्दछ र आफ्ना सम्झनाहरुलाई विभिन्न तरिका एवं माध्यमबाट कैद गर्न स्वतन्त्रता समेत प्रदान गर्दछ। यसमा ४८ मेगा पिक्सलको रियर क्यामरा रहेको छ, दिनमा या रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ। १२३ डिग्रीको फिल्ड भ्यु युक्त ८ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ तेस्तै फोटो कैद गर्न सकिन्छ। त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजप फोटो खिच्दा सफा एवं स्पष्ट खिच्न सकिन्छ। त्यसै गरी २ मेगापिक्सलको डेफ्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्दछ भने यसमा भएको १३ मेगा पिक्सलको सेल्फि क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय सेल्फी फोटो खिच्ने कम्पनीको भनाइ छ।

उत्कृष्ट स्क्रिन
ग्यालेक्सी ए २२ मा उत्कृष्ट सुपर अमोलिड डिस्प्लेको साथ ६।४ इन्फिनिटी स्क्रीन रहेको छ। साथै यसमा भएको ६०० नीट्सले हरेक कन्टेन्टलाई उत्कृष्टता प्रदान गर्दछ । साथै ९० एच रिुफ्रेस रेटले स्मुथ स्क्रोलिङ्ग तथा गेमिङ्गको मज्जा प्रदान गर्दछ।

उत्कृष्ट ब्याट्रि
ग्यालेकसी ए २२ डिजाइन अन द गो को अवस्था कार्य गर्न सहज होस् भनी निर्माण गरिएको छ। नयाँ ग्यालेक्सी ए२२ मा ५००० एमएएचको ब्याट्री राखिएको छ जले गर्दा घण्टौं सम्म विना चार्ज मोबाइलको प्रयोग गर्न सकिन्छ भने यसमा १५ वाटको फास्ट चार्जिङ्ग सुविधा पनि रहेको छ, यसले बारम्बार चार्ज गर्नु पर्ने झन्झटबाट मुक्ति दिने कम्पनीले दाबी गरेको छ।

उत्कृष्ट कार्यक्षमता
ग्यालेक्सी ए २२ मा उत्कृष्ट कार्य क्षमताको लागि ओक्टा केयर प्रोसेसर को साथ ६जीवी र्याम राखिएको छ, त्यसै गरी यसमा १२८ जीवी को इन्टरनल स्टोरेज पनि रहेको छ,जसले गर्दा प्रयोगकर्ताहरुले आफूलाई मन परेका सामग्रीहरु यथेष्ट रुपमा भण्डारण गर्न सकिने छ।

मूल्य, उपलब्धता तथा अफरहरु
ग्यालेक्सी ए२२ ब्ल्याक, मिन्ट र भ्वोइलेट गरी ४ आकर्षक रंगहरुमा उपलब्ध रहेको छ, यसको ६जीवी प्लस १२८ जीवी भेरियन्टको मूल्य २७ हजार ९९९ तोकिएको छ। यो फोन जुलाइ ८, २०२१ देखि नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमार्फत खरिद गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved