घरेलु मैदानमा ब्राजिल, अर्जेन्टिनालाई बदलाको मौका

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ११ वर्षपछि आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा हेरिएको सुपर क्लासिको नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ।

आइतबार बिहान ५ः४५ मा ब्राजिलको विश्वप्रसिद्ध माराकाना मैदानमा हुने फाइनलमा अर्जेन्टिना लगातार फाइनल पुगेर उपाधि जित्न नसकेको विगत अन्त गर्न चाहन्छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित बनेको ब्राजिल उपाधि जित्ने कसरतमा छ ।

ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३(० ले पराजित भएको थियो। ११ वर्षपछि ब्राजिल विरुद्ध अर्जेन्टिनालाई बदलाको अवसर रहने छ।

कोपा अमेरिकामा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका ब्राजिल र अर्जेन्टिना बिच ३४ औं पटक प्रतिस्पर्धा हुन लागेको छ। ब्राजिलले १० खेलमा जित निकाल्दा अर्जेन्टिनाले १५ खेलमा जित निकालेको छ। बाँकी ८ खेल बराबरी भएका छन्। त्यसो त ब्राजिल घरेलु मैदानमा अहिलेसम्म अपराजित छ। यि दुई बिच आठौं पटक घरेलु मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। ब्राजिल घरेलु मैदानमा कहिले पनि हारेको छैन्।

विश्व फुटबलमा लगातार मुख्य प्रतियोगितामा दबाबका बाबजुत अर्जेन्टिना अभागी सावित हुँदै आएको छ। अर्जेन्टिना पछिल्ला ६ महत्वपुर्ण फाइनल कोपा अमेरिका २००४, २००७, २०१५, २०१६, कन्फिडिरेसन कप २००५, विश्वकप २०१४ मा पराजित छ। जसमा ब्राजिलसँग २००४, २००७ कोपा तथा कन्फिडिरेसन कप २००५ मा पराजित हुन पुगेको छ।

ब्राजिल कोपा अमेरिकामा ६ खेलमा अर्जेन्टिनासँग हारेको छैन्। ३ खेलमा जित निकाल्दा ३ खेल बराबरी खेलेको छ। उसले पछिल्लो पटक १९९३ मा ३(२ ले अर्जेन्टिनासँग हार ब्यहोरेको थियो। अर्जेन्टिनाले ब्राजिलमा खेलेका पछिल्ला १९ भिडन्तमा केवल १ खेलमा मात्र जित निकालेको छ। जहाँ १४ हार भोग्दा ४ खेल बराबरी गरेको छ। १९९८ मा मारकानामानै भएको मैत्रिपुर्ण खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो।

स्टार फुटबलर लियोनेल मेसी र नेमारबिच छैटौं पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि एक अर्का विरुद्ध पाँच पटक प्रतिस्पर्धा गर्दा अर्जेन्टिना ३ पटक विजयी भएको छ भने ब्राजिल २ पटक विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved