धमाधम पक्राउ पर्न थाले केराबारीका लागुऔषध प्रयोगकर्ता

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

इलाका प्रहरी कार्यालय केराबारीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष चासो देखाएको छ । पछिलो सयमा सार्वजनिक कार्यक्रम तथा स्थानहरुमा दुव्र्यसनीहरुले विभिन्न किसिमको घट्ना घटाएसंगै प्रहरीले दुव्र्यसनीहरुको अखडा पहिल्याउदै लागु औषध प्रयोगकर्ताहरुलाई समेत विशेष निगरानी बढएको छ ।

विभिन्न सूचना मार्फत लागु औषध प्रयोग कर्ताहरुको सूचना संकलन गरी प्रहरीले उनीहरुलाई निगरानी बढाएसंगै लागुऔषध प्रयोगकर्ताहरु पनि लागु औषधका सामग्रीहरु सहित धमाधम पक्राउ पर्न थालेका हुन् ।

इलाका प्रहरी कार्यालय केराबारीमा प्रहरी इन्चार्ज सिप सम्हाल्न आएका नया प्रहरी नायक निरीक्षक शेरवहादुर पराजुलीले समाजलाई अपराध मुक्त बनाउन दुव्र्यसन रहित समाज निर्माण गर्न विशेष अप्रेसन सुरु गरेको बताउनुभयो ।

केही दिन अघि मात्र प्रहरीले केराबारीका दुइजनालाई विराटनगरबाट पक्राउ गरेको थियो । हप्तादिन नवित्दै शनिबार इप्रका बेलबारी र केराबारीको संयुक्त टोलीले केराबारी ७ का २५ वर्षिय नगेन्द्र लिम्बूलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा निजको पेन्टको दाँया गोजीबाट १ ग्राम, ब्राउन सुगर (खैरो हिरोईन) विभिन्न दरका नेपाली नोट रु.८८६०र भिभो कम्पनीको १ थान मोवायल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूलाई आवश्यक कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved