मोरंगको पथरीमा बालिका करणी अभियोगमा डाक्टर पक्राउ

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

पथरी । १३ वर्षीया बालिकामाथि जबर्जस्ति करणी गरेको अभियोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ बाट प्रहरीले डा.लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी स्थायी घर भई सोही स्थानमा दृष्टि चस्मा घर सञ्चालन गरी बसेका २८ वर्षीय नेत्र चिकित्सक राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अभियुक्त साहले एउटै फ्ल्याटमा डेरा गरी बस्ने बालिकालाई अश्लिल भिडियो देखाई पटक पटक बलात्कार गरेको एसपी जीसीले जानकारी दिए । बलात्कार भएपछि अस्वभाविक रुपमा बालिकाको स्वभावमा आएको परिवर्तन देखेर अभिभावकले सोधीखोजी गर्दा बालिकाले घटनाबारे बताएकी बताएपछि पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीले बताउनुभयो । अभियुक्त साहलाई इलाका प्रहरी कार्यालय पथरीले मंगलबार पक्राउ गरेको हो ।

पीडित बालिकाले प्रहरीसमक्ष पनि आफूमाथि साहले अश्लिल भिडियो देखाई बलात्कार गरेको बयान दिएकी छन् । पीडितको बयानका आधारमा पक्राउ परेका साहमाथि जबर्जस्ति करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, आफूलाई नेत्र चिकित्सक बताउने साहको योग्यतामा समेत शङ्का लागेकाले वास्तविक नेत्र चिकित्सक भए नभएको यकिन गर्न उनको शैक्षिक प्रमाणपत्र समेत झिकाउने कार्य अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved