चोरी गरी भारत पुर्याइएको १२ भैंसीको उद्दार

  • प्रकाशित मितिः असार २६, २०७८
  • उज्यालो प्रदेश
alt

धनगढी । धनगढीको कंञ्चनपुर स्थित बेल्डाँडी गाउँपालिका–५ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै चराइरहेको भैसी चोरी गरी भारत लादै गरैका १२ ओटा भैसीकोउदार गरिएको छ ।

शुक्रबार पाँच जनाको समूहमा आएका भारतीय तस्करले १३ वटा राँगाभैंसी चोरी गरेका थिए । त्यसमध्ये १२ वटा भारतीय क्षेत्रबाटै उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहतको बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले स्थानीय र भारतीय एसएसबीसँगको समन्वयमा शनिबार सीमादेखि झण्डै ८ किलोमिटर टाढा भारतको पिलिभितमा फेला पारेर ल्याएको छ ।

पिलिभित जिल्लाको टटारगञ्ज ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटमा पुग्दै गर्दा फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जसमा बेल्डाँडी गाउँपालिकाका शंकर थापाको २ भैंसी, नवराज कठायतको एउटा भैँसी, गोमा रावतको २ रागा, चन्द्र बहादुर रावतको एउटा रागा र ४ भैँसी, तेज बहादुर रावतको एउटा भैँसी र १ वटा भैसी छन् ।स्थानीय शिव उपाध्यायको एउटा राँगा भने फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै सीमा क्षेत्रमा भैँसी चराइरहेका बेला स्थानीय अरुण उपाध्यायलाई डर धम्की देखाएर तस्करको समूहले भैँसी र राँगा चोरेर भारततर्फ लगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved