मोरंग केराबारीमा कोरोनाबाट ९ जनाको मृत्यु,संक्रमितको संख्या ५सय नाध्यो,

  • प्रकाशित मितिः असार २४, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । मोरंगको केराबारी गाउँपालिकामा कोभिड १९ को दोश्रो भेरियन्सबाट विहिबार सम्म ९ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या ५सय बढी पुगेको छ ।

कोरोेना संक्रमणको दोश्रो चरण सुरु भएयता केराबारी गाउँपालिकाबाट ९ जनाको ज्यान गएको छ । जसमा ४ महिला र ५ पुरुष रहेका छन् । यस वोहक ३ जनाको कोरोनाको लक्षण जस्तै देखिने रोगबाट मृत्यु भएको छ । कोभिड १९ को पहिलो चरणमा केराबारीमा २ जनाको मृत्यु भएको थियो संक्रमितको संख्या पनि निकै कम रहेको थियो ।

यता गाउँपालिकामा संक्रमितको संख्या पनि गत वर्ष भन्दा निकै वढेको छ । असार २४ गते सम्मको डाटा अनुसार ५सय १० जनालाई कोरोना संक्रमण भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाको स्वास्थ्य शाखाले हाल सम्म ५५१ जनामा पिसिआर टेष्ट र ७४५ जनालाई एन्टिजेन्ट टेष्ट गर्दा सो संख्यामा संक्रमित रहेको हो । संक्रमित मध्ये ३१९ जना होम आइस्योलेट भई संक्रमण मुक्त बनेका र १४० जना आ आफनो घरमा आइस्योलेसनमा रहेको पनि पालिकाले सार्वजनिक गरेको डाटामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण तथा रोकथामका लागि हाल पालिकाबाट हाटबजार शैलुन,व्युटिपार्लर जिमखाना संञ्चालनमा प्रतिबन्ध लगाएपनि अन्य सवै क्षेत्र खुलेका छन् । ।संक्रमित एरिया तथा प्रभावित क्षेत्रमा पनि संक्रमण दर बढिरहेको छ । संक्रमित व्यक्तिहरुको लार्पावाही र संक्रमणको बेला होमआइस्योलेसनमा बस्न नचाहदा केराबारीमा कोरोना दिनप्रतिदिन बढिरहेको स्थानीयले बताएका छन् ।
कुन वार्डमा कति संक्रमित ?
पालिकामा हाल सम्म सवैभन्दा बढि वडा नं.७ मा संक्रमितहर रहेको पाइएको छ । सुरु देखि नै वडा नं.७ मा संक्रमितहरु बढेपनि सुरक्षा सावधानी नअपनाउने संक्रमितहरु खुलेआम घरबाहिर हिड्ने गर्दा हाल सम्म १ सय १० जनामा संक्रमण भएको स्वास्थ्य संस्थाले जनाएको छ । यता केराबारी ९ मा पनि सोही संख्यामा संक्रमितहरु रहेको पाइएको छ ।

वडा नं. ९ केराबारीको सवैभन्दा ठूलो वडा रहेको र वडा नं.९ को सीमाक्षेत्र खुला र बेलबारी लेटांगसंगको सिमाना खुला रहेको र आउजाउ गर्ने मानिसहरुको चहलपहल पनि त्यति नै धेरै भएकाले संक्रमीत बढेको हो ।

संक्रमितहरु बढी रहेको वडामध्ये वडा नं.१० दोश्रोमा रहेको छ । केराबारीको बजारक्षेत्र मानिएको यस वडामा मानिसहरुको चहल पहल बढी हुने र विभिन्न ठाउबाट आउने मानिसहरुको चापका कारण यस वडामा संक्रमण दर फैलिएको पाइएको छ । वडा नं. १० मा ७९ जना व्यक्ति संक्रमित भएका छन् ।

यसवाहेक बडा नंं ८ मा ७६ जनालाई कोभिढ १९ को दोश्रो भेरियन्सबाट संक्रमित भएका छन् । वजार संगै जोडिएको यस क्षेत्रमा क्रसर उद्योगहरु रहेका कारण विभिन्न गाडी तथा उद्योगमा काम गर्ने मजदुर लगायतको सम्पर्क र स्थानीय मानिसहरुको लार्पावाहीका कारण संक्रमण बढेको पाइएको छ ।

यसवाहेक ६मा ३० जना वडा नं.५ मा ४० जना,वडा नं.३ मा २८, वडा नं. २मा२४ जनामा संक्रमण भएको पाइएको छ । वडा नं. ४ मा ६ र सवैभन्दा कम वडा नं.१ मा ५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved