मोरंग । कोशी व्यारेजमा बुधवार भेटिएको शव मोरङ बेलबारी नगरपालिका वडा नं. ४ की रमिला राईको भएको पुष्टी भएको छ ।
करिब चार हप्ता अगाडी देखि हराईरहेको रमिलाको शव बुधवार विहान कोशी व्यारेजमा फेला परेको हो । शव फेला पछि ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी टोली सहित रमिलाका आफन्त कोशी व्यारेजमा पुगेका छन् । रमिलाको शवको उनको परिवारले पहिचान गरिसकेको छ । बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनको शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।
एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै पे्रमी भनिएका योगेन्द्र गुरुङले गरेको स्वीकारेका थिए । हत्याको अभियोगमा गुरुङ यस अघि नै पक्राउ परिसकेका छन् । उनको बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।
र, यो भिडियो पनि हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved