मोरङको छुट्टाछु्ट्टै स्थानमा २ ओटा शव फेला

  • प्रकाशित मितिः असार २४, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । विराटनगर महानगरपालिका–१५ मा आधा शरीर जलेको अवस्थामा बिहीबार दिउँसो एक पुरुषको शव फेला परेको छ ।महानगरको हड्ताली हाटमा ५८ वर्षीय गंगाप्रसाद पोखरेलको शव आफ्नै घरको कोठाभित्र कम्मरदेखि माथिको भाग पूरै जलेको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर घटनाको अनुसन्धान थालेको छ ।

उनका अनुसार घटनास्थलनजिक मट्टिेलको गन्ध आउने खाली प्लाष्टिकको बोतल फेला परेको छ । मृतक आफैले मट्टितेल छर्किएर शरीरमा आगो लगाएको हुनसक्ने आशंका प्रहरीको छ । ‘आफैले शरीरमा आगो लगाएर घटना भएको हो कि मृत्युको अरु नै कारण छ भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको छ,’ एसपी जिसीले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेपछि केही कुरा प्रष्ट भएर अनुसन्धानमा थप सहयोग पुग्ने छ ।’

स्थानीय बासिन्दाका अनुसार परिवारमा अरु सदस्य नभएकाले पोखरेल घरमा एक्लै बस्थे । उनी अविवाहित हुन् ।स्थानीय बासिन्दाले घरभित्र जलेर मानिसको मृत्यु भएको जानकारी दिएपछि प्रहरीले घटनाका बारेमा थाहा पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved