कसले लगायो डेनिस गोलकिपरलाई लेजर लाइट ?

  • प्रकाशित मितिः असार २४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र डेनमार्कबीचको खेलमा भएको घटनाको विषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

वेम्बलीमा भएको खेल अतिरिक्त समयमा २-१ ले जित्दै इंग्ल्याण्ड फाइनल पुगेको थियो । तर समर्थकहरुले खेलभावना विपरीत कार्य गरेपछि युइएफएले छानविन प्रकिया अगाडि बढाएको हो ।

सेमिफाइनलमा इंग्लिस समर्थकले डेनिस गोलकिपर क्यास्पर स्माइकललाई लेजर लाइट देखाएका थिए ।निर्धारित समयमको खेल १(१ को बरारीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । १०४ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।

केनले पेनाल्टी प्रहार गर्नुअघि समर्थकले स्माइकललाई लक्षित गर्दै ग्रीन लेजर लाइट उनको अनुहारमा देखाएका थिए । स्माइकलले सुरुमा पेनाल्टी रोकेका थिए तर केनले रिबाउण्ड बलमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।टेलिभिजन दृश्यमा स्माइकलको अनुहारमा लेजर लाइट परेको देखिएको थियो ।

यस्तै डेनमार्कले राष्ट्रिय गान गाएको बेला समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेको विषयमा समेत यूईएफएले इंग्ल्याण्डमाथि छानबिन सुरु गरेको छ । युइएफएले यस विषयमा कन्ट्रोल, एथिक्स र डिसिपिलनारी बडीले अनुसन्धान गर्ने जनाएको छ ।

‘युइएफा कन्ट्रोल, एथिक्स र अनुशासनात्मक निकाय (सीईडीबी) द्वारा यथोचित मुद्दामा छानविन गरिनेछ’ युरोपियन फुटबलको नियामक निकायले एक विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved