अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

  • प्रकाशित मितिः असार २३, २०७८
  • उज्यालो प्रदेश
alt

एजेन्सी । कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

केहीबेर अघि सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हरायो।कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए। त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए।

निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।यस अघि ९० मिनेटको खेलमा अर्जेन्टिनाका लागि लाउतारो मार्टिनजले खेलको सातौ मिनेटमा गोल गरेका थिए भने कोलम्बियाका लागि लुइस डियाजले खेलको ६१औ मिनेटमा गोल गरेका थिए।

योसहित अर्जेन्टिना २९औ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ। पछिल्लो पटक २०१६ मा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो। अर्जेन्टिनाले १९९३ यता कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन।अब अर्जेन्टिना फाइनलमा ब्राजिलसँग खेल्ने छ। फाइनल खेल नेपाली समय अनुसार शनिबार बिहान हुने छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved