विहिबार टुंगोमा पुगिने गरी एमाले विवाद समाधानन्मूख

  • प्रकाशित मितिः असार २३, २०७८
  • उज्यालो प्रदेश
alt


नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।उनले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने।

यसैगरी कार्यदलका संयोजक सुवास नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता माधव कुमार नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिइ भोलि टुंगोमा पुगिने बताए ।
उनले आवश्यक परे ओली र नेपालबीच पनि भेट हुनसक्ने बताए ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved