युवासंघ केराबारीका टंक लिम्बूको ह्रदयघातबाट निधन

  • प्रकाशित मितिः असार २३, २०७८
  • उज्यालो प्रदेश
alt

राष्ट्रिय युवा संघ केराबारीका अध्यक्ष एवं केराबारीका जुझारु युवा टंक लिम्बूको ह्रदयघातबाट बुधबार विहान निधन भएको छ ।

राती अवेर सम्म फुटबल हेरेर बिहान ४ बजे सुतेका लिम्बुको बिहान ह्रदयघात भएको र उपचार गराउन लादै गर्दा बाटोमा निधन भएको हो । राष्ट्रिय युवा संघ केराबारीले जनाएको छ ।

नेकपा एमाले केराबारीको सचिवालय सदस्य, केराबारी गाउपालिका खेलकुद विकास समितीको सदस्य तथा वडा नं १० खेलकुद विकास समितिको अध्यक्ष समेत रही सामाजिक क्षेत्रमा सक्रिय लिम्बूको निधनले केराबारीलाई क्षति पुगेको भन्दै विभिन्न सामाजिक अगुवाहरुले सामाजिक संञ्जाल मार्फत आआफ्नो धारणा राखेका छन् ।

नेकपा एमाले केराबारी गाउँपालिका कमिटीका सचिवालय सदस्य समेत रहेका लिम्बु खेलकुद बिकास समिति केराबारीका सदस्य, एवं खेलकुद बिकास समिति केराबारी १० का अध्यक्ष समेत रहेका थिए।मृतक लिम्बुको आजै अन्तेष्ठि गरिएको छ । लिम्बुको २ छोरा १ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved