इन्धनको मूल्य फेरि बढ्यो :पेट्रोल १२९ पुग्यो

  • प्रकाशित मितिः असार २२, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ। मंगलबार राति १२ बजेपछि लागू हुनेगरी निगमले असार महिनामा दोस्रो पटक मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपयाँ बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १२९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ भएको छ। यसअघि पेट्रोल १२७ र डिजेल र मट्टीतेल ११२ रुपैयाँ थियो।

यसअघि निगमले असार १० गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको थियो। त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। अन्तराष्ट्रिय इन्धन भने प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ पुर्याएको छ।

त्यसैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ। १४ सय रुपैयाँमा पाइले खाना पकाउने ग्यासलाई अब १४ सय २५ पर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved