केराबारीका दुईजना लागुऔषध प्रयोगकर्ता रंगेहात पक्राउ

  • प्रकाशित मितिः असार २२, २०७८
  • उज्यालो प्रदेश
alt

बिराटनगर । पछिलो समय केराबारीमा लागु औषध कारोबार फस्टाउदै मात्र गएको छैन । दुव्र्यसनबाट बाट मुक्त हुन र यसबाट छु्टकारा पाउन विभिन्न प्रचार प्रसार गर्दै आएका दुव्र्यसनी टोलीहरु आफै नै धमाधम रंगेहात पक्राउ पर्दै गएका छन् ।

पछिलो पटक मोरंग केराबारीका लागुऔषध प्रयोगकर्ताहरु बिराटनगर ४ नोबेल अस्पताल कम्पाउण्डबाट मध्यरात पक्राउ परेका छन् । नोबेल अस्पतालको कम्पाउण्डमा लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले केरावारी १० का २४ बर्षीय सरोज बस्नेत र २७ बर्षीय आशिष सुनामलाई पक्राउ गरेको हो ।

लागुऔषध सेवन गरिरहेका उनिहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा प्रहरीले आशिषको साथबाट लागूऔषध LUPIGESIC-८ एम्पुल, PHENERGAN-७ एम्पुल र DIAGELAB-८ एम्पुल फेला पारेको थियो।उनिहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved