राजनीतिक नेतृत्व मानव जातिको सेवाको लागि हुुनुपर्छः राष्ट्रपति सी चिनफिङ

  • प्रकाशित मितिः असार २२, २०७८
  • उज्यालो प्रदेश
alt

चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय नियमहरु विश्वव्यापी मान्यतामा आधारित हुनुपर्ने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले मुलुकहरुबीचको सहकार्य राजनीतिक प्रभुत्व स्थापित गर्न नभई मानव जातिको सेवा गर्नका लागि हुनुपर्ने बताए।

सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले कहिल्यै पनि प्रभुत्व स्थापना वा प्रभाव क्षेत्र निर्माण गर्न नखोज्ने बताए।‘चीन सधैँ विकासशील विश्वको सदस्यको रुपमा रहन्छ,’ सीले भने। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विश्वका १ सय ६० वटा देशको ५ सय भन्दा बढी राजनीतिक दलहरुको सहभागिता छ।

कार्यक्रममा राष्ट्रपति सीले मानव जाति फेरि एकपटक शत्रुतापूर्ण मुकाबिला कि आपसी सम्मान, शान्तिपूर्ण सहकार्य कि एक्लोपन छनोट गर्ने विन्दुमा आइपुगेको बताए।‘छनोट हाम्रो हातमा छ र जिम्मेवारी काँधमा आइपुगेको छ,’ सीले भने।

उनले विश्वभर गरिबी निवारण गर्न सघाउने चाहना चिनियाँ कम्युनिस्ट पार्टीको रहेको पनि बताए। उनले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताए।सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध गर्नु पर्ने पनि बताए।खोपमा रहेको विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। सो कार्यक्रममा नेपालका प्रमुख दलका नेताहरु पनि सहभागी छन्।नेपाल खबर बाट

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved