जीवन विकास लघुवित्तको आइपिओका लागि २१ लाख वढीको आवदेन , बुधबार सेयर बाडफाड

  • प्रकाशित मितिः असार २२, २०७८
  • उज्यालो प्रदेश
alt

जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपिओ बाँडफाँड गर्नेगरी तयारी पुरा भएको छ।

झण्डै २१ लाखले यो कम्पनीको आइपिओ भरेका छन्। कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गरेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ।

कम्पनीको आइपिओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। त्यसपछि ५ कित्ता बाँकी रहन्छ। न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन।

त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँड गरिने छ।

जीवन विकास लघुवित्त कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सक्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ ३०७ रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०। ६ प्रतिशत छ। मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved