कमला नदीमा भत्केको पुल ठेकेदार कम्पनीले नै बनाउने

  • प्रकाशित मितिः असार २१, २०७८
  • उज्यालो प्रदेश
alt

बाढीले भत्काएको सिराहा–धनुषा जोड्ने कमला नदिमा निर्माणाधिन पुल लुम्बिनी विल्डर्स जेभीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।

पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेपछि सञ्चालनको तयारीमा रहेको सो पुल पछिल्लो समय आएको बाढीले भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको छ ।

भासिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराइसकेको लुम्बिनी बिल्डर्स जेभीका प्रमुख विष्णु प्रसाद शर्माले बताए । पाँच वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बनाउने सहमति भए अनुसार भत्केको भागलाई निर्माण गर्ने उनले बताए ।

अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिब १ मिटर बढी पानीको सतह बढेको छ । सञ्चालन नहुँदै पुलको पिलर भासिएको छ । पानीको सतह बढ्दा पुल भासिएको विज्ञहरूको भनाई छ ।

४७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो । पछि पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो । ११ मिटर चौडाइ रहेको कमला पुल १२ स्पानको छ । नदीको दुबैतिर तटबन्ध बनाएर बहाव पुलभित्र छिराएको छ । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौँ मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved