माधव र ओलीका कारण एमालेको एकताका भएन्ः बामदेव गौतम

  • प्रकाशित मितिः असार २०, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले ओली र नेपालका कारण एमालेको एकता सम्भव नभएको बताएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य समेत रहेका वामदेव गौतमले दुई नेताको रिसका कारण अहिले एकता सम्भव नभएको तर, सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रष्ट पारे।

आइतबार राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले भने अहिले केपी ओली र माधवकुमार नेपाल एकअर्कासँग बेस्सरी रिसाएको र दुवैको रिस मथ्थर पार्न ओली र नेपाललाई मिलाउन दौडथुप

‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ’, गौतमले भने, ‘दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन।

गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। ‘म दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ त्यतातिर लागिराखेको छु’, गौतमले थपे। अहिले एकता सम्भव नहोला’, गौतमले भने, ‘सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved