सरकारले बीमा रकम नछुट्याउदा कोरोना बीमा दाबी भुक्तानीमा समस्या

  • प्रकाशित मितिः असार १८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले कोरोना बीमाका लागि रकम बिनियोजन नगर्दा हजारौ बीमितले दाबी पाउन सकेका छैनन् ।

बीमा समितिका अनुसार हालसम्म कोरोना बीमाको १० अर्ब ९७ करोड रुपैयाँको दाबी परिसकेको छ । जस मध्ये कोरोना बीमाको पुल र कम्पनीको तर्फबाट चार अर्ब ८१ करोड रुपैयाँको दाबी भुक्तानी भैसकेको छ । तर नेपाल सरकारले पैसा नदिदा बाँकी दाबी भुक्तानी हुन सकेको छैन ।

समितिले अर्थमन्त्रालय सँग तीन अर्ब माग गरेको धेरै समय व्यतित भैसके पनि अहिलेसम्म प्राप्त हुन नसकेको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । मन्त्रालयसँग यस विषयलाई लिएर पटक पटक छलफल भए पनि रकम प्राप्त हुन नसकेको सिलवालले बताए ।

मन्त्रालयले केहि समय अगाडि ४१ करोड रुपैयाँ दाबीका लागि रकम दिए पनि बाँकी रकम निकासा गरेको छैन । पुल मार्फत साढे तीन अर्ब र केहि कम्पनीले आफ्नै कोष मार्फत ४ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरे पनि तत्काल ६ अर्ब १६ करोड रुपैयाँको दाबी भुक्तानी गर्नु पर्नेछ ।

अहिलेसम्म प्राप्त निवेदनका आधारमा १० अर्ब ९७ करोड रुपैयाँको दाबी परिसकेको छ । जस मध्ये ७ अर्ब ७१ करोड रुपैयाँको रुजु भैसकेको छ । रुजु हुन बाँकी सहित ६ अर्ब ६१ करोड रुपैयाँ तत्काल भुक्तानी गर्नु पर्ने हुन्छ । तर कोरोना बीमा मापदण्ड अनुसार सरकारको दायित्व अन्तर्गत ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार हालसम्म कोरोना बीमा गर्नेहरुको संख्या १७ लाख ५८ हजार ३४३ जना पुगेका छन् । जस मध्ये नेपाल सरकारको अनुदानबाट मात्रै बीमा गर्नेको संख्या ९ लाख ५८ हजार १९८ जना रहेका छन् ।

उक्त बीमितहरु मध्येबाट एक लाख १४ हजार ६३३ जनाले कोरोना संक्रमण पुष्ठी पछि दाबी गरेका छन् । बीमित मध्ये लगभग ७ प्रतिशतको दाबी परेको छ । यदि बीमा समितले सुरुवको मापदण्ड अनुसार बीमाङ्क रकम बराबरकै दाबी पर्ने व्यवस्थाको सट्टा दोस्रो मापदण्ड अनुसारको दाबी भुक्तानी गरेको भए यस्तो समस्या पर्दैन थियो ।

अहिलेसम्म दाबी पाउनेहरु पनि राजनितिक दवाव र प्रभाव तथा कम्पनीको उच्च व्यवस्थापकहरुको सोर्स फोर्समा भुक्तानी गरिएको छ । यो रकम सर्वसाधारण जनताले पाउन सकेका छैनन् । हिजोका दिनमा जे जस्तै अवस्थामा आए पनि मापदण्ड अनुसार जे भनिएको छ सोहि अनुसार भुक्तानी हुनु पर्ने भन्दै नेपाल सरकार सँग निरन्तर छलफलमा रहेको अध्यक्ष सिलवाल बताउछन् । समितिले तीन अर्ब माग गरेको तीन महिना वितिसक्दा पनि सरकारले कुनै पनि प्रतिकृया नदिनुले समितले अहिले समस्यामा छ ।

चालु आर्थिक वर्षको बजेटमा ठुलो सानका साथ समावेश गरिएको यो बीमा आगामी आर्थिक वर्षको बजेटमा केहि पनि खुलाइएको छैन । यद्यपि चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पनि कोरवना बीमाको विषयमा कुनै पनि तथ्याङ्क तथा विवरण समावेश छैन । सरकारले कोरोना बीमाको दाबीका लागि ४१ करोड ९५ लाख रुपैयाँ भुक्तानी भएको तथ्याङ्क पनि उक्त सर्वेक्षणमा छैन । यस्ता हर्कतले पनि नेपाल सरकार कोरोना बीमाको दाबी भुक्तानी गर्न चाहिरहेको छैन ।इन्स्योरेन्स खबरबाट

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved