चीनका नेपालीले दिए एक सय थान अक्सिजन कन्सन्ट्रेटर

  • प्रकाशित मितिः असार १८, २०७८
  • उज्यालो प्रदेश
alt

अक्सिजन सिलिण्डर अभावमा उपचारमा समस्या भोगिरहेका नेपालीलाई उपचारमा सहयोग पुुर्याउन हङकङ नेपाली महासंघले अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ ।

चीनको स्वशासित क्षेत्र ताइवानको हङकङमा कार्यरत नेपालीहरुको सो संगठनले संक्रमितको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरु मार्फत बितरण गरी प्रयोगमा ल्याउने गरी हङकङस्थित नेपाली महावाणिज्यदूतको कार्यालय, हङकङ सरकार, चिनियाँ दूतावास र त्यहाँस्थित गैरसरकारी संस्था सोअर्स एक्सनको संयुक्त पहलमा कन्सन्ट्रेटर उपलब्ध गराइएको महासंघकी निवर्तमान अध्यक्ष रिता गुरुङले बताइन् ।

एक सय ५० अमेरिकी डलर प्रतिगोटाको दरमा खरिद गरिएका कन्सन्ट्रेटर एउटै ३० किलो तौलको हुने भएकाले महासंघलाई प्राप्त २०० थान अक्सिजन कन्सन्ट्रेटर एकैसाथ पठाउन समस्या भएकोले पहिलो चरणमा सयथान मात्र पठाइएको गुरुङले बताइन् । बाँकी सयथान दुइतिन भित्रमा पठाउने छौं । आफूहरु नेपालको जहाजको पर्खाइमा रहेको उनको कथन छ । हाल उपलब्ध भएका कन्सन्ट्रेटरहरु कर्णाली प्रदेशका जिल्लाहरुमा वितरणको तयारी गरिएको गुरुङले जानकारी दिइन् ।

गैरसरकारी सँस्थाहरुकै सहकार्यमा अर्को चरणमा एक लाख एन्टिजेन परीक्षण किटसमेत नेपाललाई प्रदान गरिने तयारी भइरहेको गुरुङले उल्लेख गरिन् । नेपालका सबै ७७ जिल्लामा कम्तिमा एउटा अक्सिजन कन्सन्ट्रेटर पुर्र्याउने आफूहरुको लक्ष्य रहेको महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले बताए । महासंघका वर्तमान अध्यक्ष टंक रानाका अनुसार महासंघले कन्सन्ट्रेटर ढुवानीका लागि ट्रकसमेत आफैँले व्यवस्था मिलाएको हो । कन्सन्ट्रेटरको क्षमता प्रतिमिनेट १० लिटर अक्सिजन प्रवाह गर्न सक्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved